Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

धादिङमा पहिरो पन्छाउने काम जारी : डोजर देखिए पनि बेपत्ता भएको तीनजना फेला फेला परेनन्

धादिङमा पहिरो पन्छाउने काम जारी : डोजर देखिए पनि बेपत्ता भएको तीनजना फेला फेला परेनन्


  • 3.2K
    Shares

    धादिङमा पहिरो पन्छाउने काम जारी :  डोजर देखिए पनि बेपत्ता भएको तीनजना फेला फेला परेनन्
    images

    काठमाडौं । धादिङ रुबी भ्यालीमा बिहीबार गएको पहिरो पन्छाउने काम जारी छ । पहिरो पन्छाउँदा डोजरको केही भाग देखिए पनि बेपत्ता तीनजना फेला परेका छैनन् ।

    रुबीभ्याली गाउँपालिका १ मा बाटो बनाउने क्रममा डोजरसहित तीनजना पुरिएका थिए । जिल्ला प्रहरी कार्यालय धादिङका एसपी राकेश सिंहले पहिरो पन्छाउँदै जाँदा डोजरको केही भाग देखिएको जानकारी दिए । ‘‘डोजरको केही भाग देखियो । बेपत्ता तीनजनाको अवस्था अज्ञात छ । खोजीकार्य जारी छ,” उनले भने ।

    पहिरोमा बा २ क ४८२१ नम्बरको डोजरसहित डोजर चालक आकाश तामाङ, सहचालक राजु तामाङ र स्थानीय निर्माण व्यवसायी अनिश तामाङ पुरिएका थिए ।

    पहिरोमा अज्ञात तीनजनाको खोजीमा सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना र स्थानीय प्रहरी टोली खटाइएको छ ।

    प्रकाशित मिति :पौष ३० २०७८ शुक्रवार - १३:०३:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij