Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

ॐ हस्पिटल र नबिल बैंकबीच सहुलियत दरमा उपचार सेवा प्रदान गर्ने विषयमा सम्झौता

ॐ हस्पिटल र नबिल बैंकबीच सहुलियत दरमा उपचार सेवा प्रदान गर्ने विषयमा सम्झौता


  • 3.2K
    Shares

    ॐ हस्पिटल र नबिल बैंकबीच सहुलियत दरमा उपचार सेवा प्रदान गर्ने विषयमा सम्झौता
    images

    काठमाडौं । चाबहिलमा अवस्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि र नबिल बैंक लिमिटेडबीच सहुलियत दरमा उपचार सेवा प्रदान गर्ने विषयमा सम्झौता भएको छ।

    नबिल बैंकको प्रधान कार्यालयमा बिहीवार आयोजित एक संक्षिप्त कार्यक्रममा बैंकका ग्राहक, कर्मचारी तथा परिवारलाई उपचार शुल्कमा सहुलियत दिने विषयमा सो सम्झौता भएको हो। सम्झौतापत्रमा ॐ अस्पतालका प्रमुख कार्यकारी अधिकृत यमबहादुर महत र नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले हस्ताक्षर गरेका छन्। 

    सम्झौता अनुसार अब नबिल बैंकका ग्राहक, कर्मचारी तथा परिवारले ॐ हस्पिटलमा उपलब्ध सम्पूर्ण सेवाहरुमा विशेष छुट पाउनेछन्। बैंकका ग्राहकले सो छुट बैंकको प्रिपेड, डेबिट अथवा क्रेडिट कार्ड प्रयोग गरी अस्पतालको सेवाको बिल भुक्तानी गर्दा पाउन सक्नेछन्। 

    त्यसैगरी नबिल बैंकले हस्पिटलका चिकित्साकर्मी तथा कर्मचारीहरुकालागि आफ्नो बैंकिङ सेवा सहज र सरल रुपमा उपलब्ध गराउने छ।

    प्रकाशित मिति :पौष ३० २०७८ शुक्रवार - ११:२१:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij