Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

नापी कार्यालय कावासोतीको १५ कर्मचारीमा कोरोना संक्रमण पुष्टि

नापी कार्यालय कावासोतीको १५ कर्मचारीमा कोरोना संक्रमण पुष्टि


  • 4.0K
    Shares

    नापी कार्यालय कावासोतीको १५ कर्मचारीमा कोरोना संक्रमण पुष्टि
    images

    नवलपुर । नवलपुरको कावासोतीमा रहेको नापी कार्यालयमा कार्यरत ३० जना कर्मचारी मध्ये १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    कार्यालयका सूचना अधिकारी भोला कोहारका अनुसार दुई दिनअघि गरिएको परीक्षणमा ९ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको थियो । बिहीबार थप १२ जनाको परीक्षण गर्दा ६ जनामा कोरोना संक्रमण भएको हो ।

    १५ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भए पछि कार्यालयको सेवा प्रवाहा बन्द भएको छ । सूचना अधिकारी कोहार १५  जनामा कारोना संक्रमण पुष्टि भएपछि कार्यालय सञ्चालन गर्न सक्ने अवस्थै नरहेको बताए । 'बन्द गरेर सर्तकर्ता अपनाएका छौं, बन्द नगरे सेवाग्राहीलाई सर्न सक्छ,' कोहारले भने ।

    बन्द रहेको कार्यालयलाई सुरक्षाकर्मी परिचालन गरेर सुरक्षा दिईएको छ ।

    प्रकाशित मिति :पौष ३० २०७८ शुक्रवार - ११:०१:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij