Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

पूर्वाञ्चल विश्वविद्यालय : १० औँ दीक्षान्त समारोहमा सहभागीका लागि आवेदन माग

पूर्वाञ्चल विश्वविद्यालय : १० औँ दीक्षान्त समारोहमा सहभागीका लागि आवेदन माग


  • 5.8K
    Shares

    पूर्वाञ्चल विश्वविद्यालय : १० औँ दीक्षान्त समारोहमा सहभागीका लागि आवेदन माग
    images

    मोरङ्ग । पूर्वाञ्चल विश्वविद्यालयले १० औँ दीक्षान्त समारोहमा सहभागी हुन आवेदन फाराम भर्न आग्रह गरेको छ । दशौं दीक्षान्त समारोहको ग्रेसलिस्टमा समावेश भएका विभिन्न व्याचमा भर्ना भई सम्बन्धीत तह उक्तिर्ण गरी २०७५ पुस १७ गतेदेखि २०७८ पुस १६ गतेसम्म ट्रान्सकृप्ट लिइसकेका विद्यार्थीहरुलाई आवेदन फाराम भर्न आग्रह गरेको हो ।

    साथै माघ २३ गते आयोजना गरिने दशौं दीक्षान्त समारोहमा कोभिड-१९ का कारण यस वर्षको दीक्षान्त समारोहमा स्नातक र स्नातकोत्तर तहका पदक पुरस्कार प्राप्त गर्ने विद्यार्थीलाई मात्र सामेल गराउने निर्णय गरेको जनाएको छ ।

    विद्यार्थीहरुले विश्वविद्यालय परीक्षा व्यावस्थापन कार्यालय विराटनगरमा सम्बन्धित क्याम्पसको प्रतिनिधि मार्फत वा विद्यार्थी आफै उपस्थित भई माघ ९ गते भित्र रीत पुर्याई आवेदन फारम बुुझाउनु पर्ने छ ।

    1.jpg

    प्रकाशित मिति :पौष ३० २०७८ शुक्रवार - १०:१८:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij