२०८२ भाद्र ४ गते बुधवार
धनगढी । सुदूरपश्चिम सरकारका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले राजीनामा दिएका छन् ।
नेकपा विभाजन हुँदा केपी शर्मा ओली समूहमा लागेका उनले बुधबार पत्रकार सम्मेलन गरी राजीनामा घोषणा गरेका हुन् । उनी ओली समूहले बनाएको ११९९ सदस्यीय केन्द्रीय कमिटीको सदस्य समेत हुन् ।
ओली समूहमा लागेका भौतिक पूर्वाधार विकासमन्त्री पठान सिंह बोहोरालाई हालै मात्र मुख्यमन्त्री त्रिलोचन भट्टले बर्खास्त गरेका थिए । ५३ सदस्यीय प्रदेशसभामा नेकपाका ३९ सांसद थिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij