Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

सडकमा एक डाक्टरको मृत शरीर फेला

सडकमा एक डाक्टरको मृत शरीर फेला


  • 3.2K
    Shares

    सडकमा एक डाक्टरको मृत शरीर फेला
    images

     नुवाकोट ।  सडक दुर्घटनामा परी एक डाक्टरको मृत्युु भएको छ । नुवाकोटमा मोटरसाइकल दुर्घटनामा परी डेन्टल सर्जन डाक्टर शशांक पाण्डेको ज्यान गएको नुवाकोट प्रहरीले जानकारी दिएको छ।  

    प्रहरीका अनुसार २६ वर्षीय पाण्डे विदुर–१ सिमुटार घर भई वट्टारस्थित सन्जिवनी पोलिक्लिनिकमा कार्यरत हुनुहुन्थ्यो। बिहीबार बिहान पाण्डे विदुर नगरपालिकास्थित ढुंगेमा दुर्घटनामा पर्नुभएको थियो।

    पाण्डेलाई स्थानीयले सडकमा लडिरहेको देखेपछि प्रहरीलाई  खबर गरेका थिए । प्रहरीले उद्धार गरी त्रिशुली अस्पताल पुर्‍याएको थियो। अस्पतालले मृत घोषणा गर्‍यो । पछि बुझ्दा डा.पाण्डे मोटरसाइकल दुर्घटनामा परेको पाएको प्रहरीको भनाइ छ । 

    प्रहरी नायव उपरीक्षक रुपेश खड्काले जानकारी दिए। शव पोष्टमार्टमका लागि नुवाकोट जिल्ला अस्पताल त्रिशूलीमा राखिएको उनले बताए । 

    प्रकाशित मिति :पौष २९ २०७८ बिहिवार - १६:४९:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij