Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

पछिल्लो २४ घण्टामा ३५५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि , १ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा ३५५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि , १ जनाको मृत्यु


  • 3.3K
    Shares

    पछिल्लो २४ घण्टामा ३५५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि ,  १ जनाको मृत्यु
    images

    काठमाडौ‌ । नेपालमा पछिल्लो २४ घण्टामा ३५५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १० हजार ४९८ जनाको पीसीआर परीक्षणमा २९२२ र ४ हजार ५८३ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ६३१ जनामा कोरोना पुष्टि भएको छ ।

    पछिल्लो २४ घण्टामा १ कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट २७१ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

    स्वास्थ्य मन्त्रालयका अनुसार निको हुने दर ९६ दशमलब ९ रहेको छ ।

    प्रकाशित मिति :पौष २९ २०७८ बिहिवार - १६:२३:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij