Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

सामन्थासँगको सम्बन्धविच्छेदमा खुशी नागा

सामन्थासँगको सम्बन्धविच्छेदमा खुशी नागा


  • 2.8K
    Shares

    सामन्थासँगको सम्बन्धविच्छेदमा खुशी नागा
    images

    मुम्बई(बलिउड लाइफ)। दक्षिण भारतीय फिल्म स्टार नागा चैतन्य र उनकी अभिनेत्री पत्नी सामन्था रुथ प्रभुले गतवर्ष सम्बन्धविच्छेद गरे । यो जोडीलाई आदर्श मान्ने उनका फ्यानहरु उनीहरु को निर्णयले दुःखी बने । उनीहरु के कारणले अलग्गिए भन्ने कुरा अहिले पनि खुल्न सकेको छैन ।

    नागाले हालैमात्र मिडियासँग आफूहरुको सम्बन्धविच्छेदका बारेमा बोलेका छन् । उनले सामान्थासँग अलग्गिएर आफू खुशी भएको प्रतिक्रिया दिएका छन् ।

    ‘कुनै जोडी अलग्गिनु ठूलो कुरा होइन । हामी दुवैले मिलेर यो निर्णय लिएका हौं । यदि उनी यो फैसलामा खुशी छिन् भने म पनि खुशी छु । हामीले जुन अवस्थामा अलग्गिने निर्णय लियौं, त्यो सही थियो । त्यो समयमा त्यहीमात्र अन्तिम विकल्प थियो’, उनले भनेका छन् । सामान्थासँग अलग्गिएर नागा उदास भएको हुनसक्ने आँकलन भइरहँदा उनको यो भनाई आएपछि सबै चकित परेका छन् ।

    सामान्था र नागाले चार वर्षअघिको वैवाहिक सम्बन्धलाई गतवर्षको अक्टोबर २ मा टुंग्याएका थिए ।

     

    प्रकाशित मिति :पौष २९ २०७८ बिहिवार - १६:१२:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij