Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

धादिङ अपडेट : पहिरोमा बेपत्ता तीनजनाको उद्धार गर्न हेलिकोप्टर पठाइयो

धादिङ अपडेट : पहिरोमा बेपत्ता तीनजनाको उद्धार गर्न हेलिकोप्टर पठाइयो


  • 3.8K
    Shares

    धादिङ अपडेट : पहिरोमा बेपत्ता तीनजनाको उद्धार गर्न हेलिकोप्टर पठाइयो
    images

    काठमाडौं । धादिङको पहिरोमा परी डोजरसहित बेपत्ता भएका तीनजनाको उद्धार गर्न हेलिकोप्टर पठाइएको छ ।

    बाटोबाट करिब ६० मिटर तल पहिरो खसेको र त्यहाँसम्म जान नसकिने अवस्था हुँदा हेलिकोप्टर पठाइएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख एसपी राकेश सिंहले बताए ।

    धादिङको रुबीभ्याली गाउँपालिका–१ मा आज बिहान ८ बजेतिर बाटो खन्ने क्रममा पहिरो खस्दा डोजरसहित तीनजना पुरिएका हुन् । डोजर चालक, सहचालक र निर्माण व्यवसायीका एकजना बेपत्ता छन् ।

    चालक आकाश तामाङ, सहचालक राजु तामाङ र निर्माण व्यवसायी स्थानीय अनिश तामाङ पहिरोमा परी बेपत्ता रहेको प्रहरीले जनाएको छ ।

    ‘‘प्रहरी टोलीसहित बोकेर हेलिकोप्टर घटनास्थलमा गइसकेको छ,” उनले भने ।

    प्रकाशित मिति :पौष २९ २०७८ बिहिवार - १३:५६:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij