२०८२ मंसिर १३ गते शनिवार
नेपालको प्रचलित अनलाइन भुक्तानी सेवा प्रदायक ‘खल्ती’ले यती एयरलाइन्स सँगको साझेदारीमा रु.४५० को क्यासब्याक तुरुन्तै पाइने अफर ल्याएको छ ।
यो अफरको मुख्य उद्देश्य ग्राहकहरुलाई डिजिटल भुक्तानी गर्न प्रोत्साहित गर्ने र फ्लाइट बुकिङलाई सहज बनाउनु हो । फ्लाइट बुकिङ्गमा क्यासब्याक दुई चरणमा प्राप्त हुनेछ। बुकिङ गर्दाको बिल रकममा रु. १५० घट्नेछ भने बाँकि रहेको रु.३०० ‘खल्ती’ वालेट मा क्यासब्याक स्वरूप प्राप्त हुनेछ। यो अफर जनवरी १३ , २०२२ देखि फेब्रुअरी १५, २०२१ सम्म मान्य हुनेछ।
फ्लाइट बुकिङमा तत्काल क्यासब्याक प्राप्त गर्न प्रयोगकर्ताहरूले निम्न चरणहरू पालना गर्नुपर्नेछः
१) यती एयरलाइन्सको एप डाउनलोड गरी रेजिस्टर गर्नुहोस् वा https://www.yetiairlines.com मा जानुहोस् ।
२) Origin, Destination, Departure date, Nationality, र Number of adults/children खोजि छनौट गर्नुहोस् ।
२) आफुलाई चाहिने टिकट छनौट गरेर “Continue” मा ट्याप गर्नुहोस्।
३) सम्पूर्ण विवरण भर्नुहोस् र “Next” मा ट्याप गर्नुहोस्।
४) Khalti छनौट गरी भुक्तानी गर्नुहोस्।
फ्लाइट टिकट बुक भइ प्रयोगकर्ताहरूले आफ्नो खल्ती आईडीमा तत्काल क्यासब्याक पाउनेछन्। यस अफरको बारेमा बोल्दै खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, “यती एयरलाइन्ससँग मिलेर काम गरी प्रयोगकर्ताहरूका लागि फ्लाइट बुकिंग र डिजिटल भुक्तानीमा सजिलो सुविधा र पहुँच पुर्याउन पाउँदा हामी धेरै उत्साहित छौं।”त्यसैगरी, यति एयरलाइन्सका प्रमुख व्यापार अधिकृत युवराज विष्टले भने, “हामी खल्तीसँग सहकार्य गर्न पाउँदा र प्रयोगकर्ताहरूलाई सहज फ्लाइट बुकिङको अनुभव प्रदान गर्न पाउँदा उत्शाहित छौं।”
खल्ती’, नेपाली फिनटेक उद्योगमा एक फरक एवम् नविन पहिचान बोकेको ब्रान्ड हो । २० लाख भन्दा बढि प्रत्यक्ष र लाखौँ अप्रत्यक्ष प्रयोगकर्ताहरुको विश्वास बोकेको खल्ती डिजिटल वालेटले बिल भुक्तानी जस्तै मोबाइल र टिभी रिचार्ज, फ्लाईट तथा मुभी टिकट बुकिङ्ग, बिमा प्रिमियम तथा अनलाईन सपिङ्ग साईटमा भुक्तानी गरि ६००००+ सेवाहरुको डिजिटल भुक्तानी तथा रकम आदानप्रदानको सेवा दिँदै आएको छ। यसका साथै विभिन्न क्यासब्याक तथा छुट प्रदान गरि प्रयोगकर्ताहरुलाई समयको साथै पैसाको बचतमा पनि ‘खल्ती’ले योगदान दिँदै आएको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij