Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

काठमाडौंका यी अस्पतालबाट दिइँदै छ कोभिड–१९ विरुद्धको खोप

काठमाडौंका यी अस्पतालबाट दिइँदै छ कोभिड–१९ विरुद्धको खोप


  • 3.4K
    Shares

    काठमाडौंका यी अस्पतालबाट दिइँदै छ कोभिड–१९ विरुद्धको खोप
    images

    काठमाडौं । काठमाडौंका ६ वटा निजी अस्पतालबाट कोभिड–१९ विरुद्धको खोप निःशुल्क दिइँदै छ ।

    सीतापाइलाको शुभेच्छा अस्पताल, बालाजुको पिपल्स डेन्टल हस्पिटल, बालाजुकै जनमैत्री अस्पताल, बागबजारको काठमाडौं मोडेल अस्पताल, थापाथलीको नर्भिक अस्पताल र सिनामंगलको नोबेल अस्पतालबाट खोप दिन लागिएको हो ।

    ती अस्पतालबाट भेरोसेल, एस्ट्राजेनेका खोपका दुवै डोज र विदेश जान लागेकाहरूका लागि जोनसन एन्ड जोनसनको खोप दिन लागिएको स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख शम्भु काफ्लेले जानकारी दिए ।

    सरकारले देशभरका ५० भन्दा बढी शय्या भएका अस्पताल र मेडिकल कलेजहरूबाट कोभिड–१९ विरुद्धको खोप दिने निर्णय गरेको थियो । सोही निर्णयानुसार खोप कार्यक्रम सञ्चालनका लागि आवेदन दिएका अस्पतालमा कोल्डचेनको अवस्था र जनशक्तिलाई हेरेर खोप लगाउन अनुमति दिन थालिएको हो ।

    प्रकाशित मिति :पौष २९ २०७८ बिहिवार - १३:१०:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij