Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

बेलायतमा रोजगारी : २ हजार नेपाली नर्सले पाउने भए मासिक ५ लाखसम्म आम्दानी

बेलायतमा रोजगारी : २ हजार नेपाली नर्सले पाउने भए मासिक ५ लाखसम्म आम्दानी


  • 3.1K
    Shares

    बेलायतमा रोजगारी : २ हजार नेपाली नर्सले पाउने भए मासिक ५ लाखसम्म आम्दानी
    images

    बेलायत । स्वदेशमा सोचेअनुसार रोजगारी नपाएका नेपाली नर्सले बेलायतमा रोजगारी पाउने भएका छन्। बेलायत सरकारले तत्कालै दुई हजार नेपाली नर्सलाई आफ्नो देशमा रोजगारी दिने तयारी अघि बढाएको छ।

    नेपाली नर्सलाई बेलायत लैजानेसम्बन्धी सम्झौता भोलि (शुक्रबार) हुँदैछ। बेलायत सरकारका प्रतिनिधि र श्रम मन्त्रालयबीच तत्कालको लागि दुई हजार नेपाली नर्सलाई बेलायत लैजाने सम्झौता हुन लागेको हो।

    श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले सम्झौतापछि नेपाली नर्सलाई रोजगारीका लागि बेलायत पठाउने प्रक्रिया अघि बढाइने जानकारी दिए।

    श्रममन्त्री श्रेष्ठका अनुसार बेलायत सरकारले नेपालबाट १० हजार नर्सको माग गरेको छ। तर, पहिलो चरणमा दुई हजार नर्सलाई मात्रै बेलायत पठाउने तयारी सरकारले अघि बढाएको हो। रोजगारीका लागि बेलायत जाने नर्स अंग्रेजी भाषामा निपूर्ण हुनुपर्ने सर्त बेलायतले राखेको छ।

    सरकारले नेपाली नर्सलाई शून्य लागतमा बेलायत पठाउने तयारी गरेको छ । रोजगारीका लागि बेलायत जाने नर्सको भाषा परीक्षा, स्वास्थ्य परीक्षण, भिसा, टिकट, बिमालगायत सबै खर्च बेलायत सरकारले बेहोर्ने छ। 

    मन्त्री श्रेष्ठका अनुसार त्यसरी बेलायत जाने नेपाली नर्सको मासिक आम्दानी पाँच लाख रुपैयाँसम्म हुने जानकारी बेलायती अधिकारीहरुले दिएका छन्।

    प्रकाशित मिति :पौष २९ २०७८ बिहिवार - ११:०५:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij