२०८२ मंसिर ६ गते शनिवार
काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या दिनदिनै बढ्न थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप ३ हजार ७५ जनामा कोरोना संक्रमण देखिएको छ। देशभरि १३ हजार ३६ जनाको नमुना परीक्षण गर्दा यी संक्रमित देखिएका हुन्।
त्यस्तै पछिल्लो २४ घन्टामा थप २७८ जना संक्रमित कोरोनामुक्त भएका छन् भने थप दुई जना संक्रमितको मृत्यु भएको छ। नेपालमा हालः ११६९० सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij