२०८२ मंसिर १३ गते शनिवार
काठमाडौं । कोरोना भाइरसको संक्रमण बढेसँगै सानिमा जनरल इन्स्योरेन्स र सिभिल बैंक लिमिटेडले वार्षिक साधारण सभा अनलाइन मार्फत गर्ने भएका छन् ।
सानिमा जनरल इन्स्योरेन्स
कोरोना भाइरसको अवस्थालाई मध्यनजर गर्दै सानिमा जनरल इन्स्योरेन्सको चौंथो वार्षिक साधारण सभा अनलाइन मार्फत मात्र हुने भएको छ। यस अघि पुस ३० गते बिहान ११ बजे स्मार्ट क्याफे एण्ड बैंङक्वेट धुम्बाराही काठमाडौंमा र अनलाइन मार्फत समेत हुने भनेको सभा अब अनलाइन मार्फत मात्र गर्ने भएको हो।
जिल्ला प्रसाशन कार्यालय काठमाडौंबाट २५ जना भन्दा बढी मानिसको उपस्थिति हुने गरी कुनै मेला भेला तथा महोत्सवहरु नगर्ने भनि दिएको आवेशलाई कार्यन्वयन गर्दै अनलाइन मार्फत गर्ने निर्णय गरेको हो। सो सभा पुस ३० गते बिहान ११ बजे विद्युतीय माध्यम जोम एप मार्फत बस्ने भएको हो।
सिभिल बैंक लिमिटेड
सिभिल बैंक लिमिटेडले पनि आफ्नो वार्षिक साधारण सभा अनलाइन मार्फत गर्ने भएको छ। बैंकको ११ औं वार्षिक साधारण सभा पुस ३० गते बिहान ११ बजे भर्चुअल माध्यमबाट बस्ने गरी आव्हान गरेको छ।
कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २६ प्रतिशत नगद लाभांश गरि कुल ५ दशमलव २६ प्रतिशत लाभांश वितरण गर्न प्रस्ताव गरेको छ।
साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि कम्पनीले पुस २० गते एक दिनका लागि बुक क्लोज गरेको हुदाँ पुस १९ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त र सभामा भाग लिन पाउनेछन्।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij