Logo

२०८२ भाद्र २२ गते आइतवार

२०८२ भाद्र २२ गते आइतवार

हिन्दी फिल्म ‘एनिमल’मा रणवीरसँग काम गर्दै विपिन

हिन्दी फिल्म ‘एनिमल’मा रणवीरसँग काम गर्दै विपिन


  • 4.4K
    Shares

    हिन्दी फिल्म ‘एनिमल’मा रणवीरसँग काम गर्दै विपिन
    images

    काठमाडौं । नेपाली चलचित्र क्षेत्रका ‘भर्सटायल’ अभिनेता विपिन कार्कीले अब बलिउडको यात्रा गर्ने भएका छन् । चलचित्र ‘एनिमल’बाट उनले बलिउड यात्रा गर्न लागेका हुन् ।

    विपिनले यो चलचित्रका लागि आफूलाई निर्माण टिमले अगष्टमा मुम्बई बोलाएको पनि बताएका छन् । विपिनले चलचित्र ‘सेल्फी किङ्ग’मा गरेको अभिनय हेरेपछि यसको निर्माणपक्षले उनलाई सिधै फोन गरेर चलचित्रको लागि बोलाएको हो । विपिनका अनुसार चलचित्रमा उनले अभिनेता अनिल कपूरसँग धेरै दृश्य शेयर गर्नेछन् ।

    विपिनलाई केही दिनअघि चलचित्रका निर्देशक सन्दीपका भाइ प्रणय रेड्डीले फोन गरेर चलचित्रका लागि प्रस्ताव गरेका थिए ।

    सन्दीपसँग विपिनलाई जोड्ने काम भने ‘सेल्फी किङ्ग’का निर्देशक विशाल सापकोटाले गरेका हुन् । विशालले सन्दीपको निर्देशनमा बनेको चलचित्र ‘अर्जुन रेड्डी’को नेपाली भर्सनलाई विशालले निर्देशन गर्दैछन् ।

    अभिनेता रणवीर कपूरसँग यसअघि कलाकार भोलाराज सापकोटाले चलचित्र ‘बर्फी’मा पर्दा शेयर गरेका थिए ।

    प्रकाशित मिति :पौष २८ २०७८ बुधवार - ११:४४:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij