Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

‘खल्ती’ प्रयोगकर्ताको लागि वर्ल्डलिङ्कको फ्री वाइफाइ हटस्पटमा १०० जीबी फ्री वाइफाइ

‘खल्ती’ प्रयोगकर्ताको लागि वर्ल्डलिङ्कको फ्री वाइफाइ हटस्पटमा १०० जीबी फ्री वाइफाइ


  • 5.9K
    Shares

    • images
    ‘खल्ती’ प्रयोगकर्ताको लागि वर्ल्डलिङ्कको फ्री वाइफाइ हटस्पटमा १०० जीबी फ्री वाइफाइ
    images

    नेपालको प्रचलित अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी 'खल्ती’ ले “खल्ती मा १०० जीबी” अफर  ल्याएको छ जस अन्तर्गत  ‘खल्ती’ प्रयोगकर्ताहरूले वर्ल्डलिङ्कका १४,००० बढि हटस्पटहरुमा  १०० जीबी फ्रि वाईफाई  ३० दिनको प्रयोग गर्न सक्नेछन् ।  

    १०० जीबी फ्री वाईफाई एक्टिभेट गर्न अघि खल्ती प्रयोगकर्ताले वर्ल्डलिङ्कको फ्रि वाईफाईमा लागि रजिस्टर भने गरेको हुनुपर्नेछ ।  रजिस्टर गरे पश्चात ’खल्ती’ एपको ‘पपुलर सर्विसेस’ मा रहेको “खल्ती मा १०० जीबी” आइकनमा गई “गेट १०० जीबी फ्रि वाईफाई” मा ट्याप गरी एक्टिभेट गरेपछि आउँदो ३० दिनसम्म फ्रि वाईफाई प्रयोग गर्न सकिनेछ । 

    प्रयोगकर्ताको दर्ता गरिएको खल्ती आईडी र वर्ल्डलिंक फ्री वाईफाईमा रजिस्टर्ड आईडी भने एउटै हुनुपर्नेछ । यो अफर पौष २७ देखि माघ २६, २०७८ सम्म लागू हुनेछ । यस सुविधा मार्फत नेपालमा उपलब्ध भएको १४ हजार बढी ठाउँहरूबाट जुनसुकै समयमा पनि सजिलै इन्टरनेटको सुविधा प्राप्त हुनेछ । 

    ‘खल्ती’, नेपाली फिनटेक उद्योगमा एक फरक एवम् नवीन पहिचान बोकेको ब्रान्ड हो । २० लाख भन्दा बढि प्रत्यक्ष र लाखौँ अप्रत्यक्ष प्रयोगकर्ताहरूको विश्वास बोकेको खल्ती डिजिटल वालेटले बिल भुक्तानी जस्तै मोबाइल र टिभी रिचार्ज, फ्लाईट तथा मुभी टिकट बुकिङ्ग, बिमा प्रिमियम तथा अनलाइन सपिङ् साईटमा भुक्तानी गरि ६०,०००ं सेवाहरूको डिजिटल भुक्तानी तथा रकम आदानप्रदानको सेवा दिँदै आएको छ । 

    यसका साथै विभिन्न क्यास ब्याक तथा छुट प्रदान गरि प्रयोगकर्ताहरूलाई समयको साथै पैसाको बचतमा पनि ‘खल्ति’ले योगदान दिँदै आएको छ । ‘खल्ती’ एप khalti.com/app बाट डाउनलोड गर्न सकिन्छ । थप जानकारीको लागि aakriti.sharma@khalti.com मा ईमेल गरि बुझ्न सकिन्छ। 

    प्रकाशित मिति :पौष २८ २०७८ बुधवार - ११:१८:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij