Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

भोलिदेखि लगातार तीन दिन सार्वजनिक बिदा

भोलिदेखि लगातार तीन दिन सार्वजनिक बिदा


  • 8.2K
    Shares

    भोलिदेखि लगातार तीन दिन सार्वजनिक बिदा
    images

    कैलाली । कैलालीको थारू सुमदायको बाहुल्यता रहेको कैलारी गाउँपालिकाले माघ (माघी) पर्वको अवसरमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । थारू समुदायको सबैभन्दा ठूलो पर्व माघी हो ।

    गाउँपालिकाको कार्यपालिका बैठकले गाउँपालिकाभरि माघको अवसरमा तीन दिन बिदा दिने निर्णय गरेको हो । पुस ३० देखि माघ २ गतेसम्म सबै सरकारी कार्यालय, विद्यालय, सार्वजनिक संस्थान, बैंक तथा वित्तीय संस्थामा तीन दिन बिदा रहने गाउँपालिकाका सूचना अधिकारी यगम कलेलले जानकारी दिए । कैलारी गाउँपालिकामा ९७ प्रतिशत थारू जातिको बसोबास रहेको छ । थारू समुदायले तीन दिन धुमधामका साथ पर्व मनाउने गरेकाले गाउँपालिकाले तीन दिन सार्वजनिक बिदा दिएको सूचना अधिकारी कलेलले बताए । 

    अघिल्लो वर्ष पनि सो गाउँपालिकाले माघको अवसरमा तीन दिन सार्वजनिक बिदा दिँदै आएको थियो । माघी पर्वबाट थारू समुदायको नयाँ वर्ष पनि सुरु हुने गर्दछ । यो समुदायका मानिसले पुस अन्तिम दिनदेखि माघ २ गतेसम्म धुमधामका साथ माघी पर्व मनाउने गरेका छन् । पर्व नजिकिएसँगै थारू बस्तीमा चहलपहल सुरु भइसकेको छ । माघमा धमार गाउने र मघौटा नाच नाचेर मनोरञ्जन गर्ने चलन रहेको छ ।

    माघ पर्वको अवसरमा सो गाउँपालिकाको वनदेवी, अपरम्पार बाबा लगायतका ठाउँमा माघी मेलासमेत लाग्ने गरेको छ । तर, यस वर्ष कोरोना महामारीको संक्रमण तीव्र गतिमा फैलिरहेकाले मेला, महोत्सव नगर्न जिल्ला प्रशासन कार्यालय कैलालीले आग्रह गरेको छ । त्यसले गर्दा मेला महोत्सव नहुने भएका छन् ।

    प्रकाशित मिति :पौष २७ २०७८ मंगलवार - १६:३०:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij