Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

ललितपुरमा सार्वजनिक सवारीमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने

ललितपुरमा सार्वजनिक सवारीमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने


  • 4.9K
    Shares

    ललितपुरमा सार्वजनिक सवारीमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने
    images

    काठमाडौं । ललितपुरमा सार्वजनिक सवारी साधनले स्वीकृत सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाउने भएको छ ।

    जिल्ला प्रशासन कार्यालयले कोरोना संक्रमणको जोखिम बढ्दै गएको भन्दै मंगलबार राति १२ बजेदेखि सिट क्षमताभन्दा बढी यात्रु बोक्न नपाउने निर्णय गरेको हो ।

    प्रशासनले जारी गरेको निर्देशन अनुसार सार्वजनिक सवारीमा यात्रा गर्ने सबै यात्रुले अनिवार्य रुपमा मास्क लगाउनुपर्ने, सवारी साधनको ढोकामा सेनिटाइजरको व्यवस्था गर्नुपर्ने, मास्क नलगाउने यात्रुलाई सवारी साधनमा प्रवेश गर्न नदिने, चालक र सहचालकले अनिवार्य मास्क, भाइजर र पञ्जा लगाउनुपर्ने तथा दैनिक रुपमा सवारी साधनलाई सेनिटाइजर गर्नुपर्ने छ ।

     

    प्रकाशित मिति :पौष २७ २०७८ मंगलवार - १६:०५:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij