Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

गायिका लता मंगेशकरलाई कोरोना संक्रमण, आइसीयूमा राखेर उपचार गरिँदै

गायिका लता मंगेशकरलाई कोरोना संक्रमण, आइसीयूमा राखेर उपचार गरिँदै


  • 3.1K
    Shares

    गायिका लता मंगेशकरलाई कोरोना संक्रमण, आइसीयूमा राखेर उपचार गरिँदै
    images

    भारत । भारतीय वरिष्ठ गायिका लता मंगेशकरलाई कोरोना संक्रमण भएको छ । कोरोना संक्रमण भएपछि मंगेशकारलाई अस्पताल भर्ना गरिएको छ ।

    उनलाई ब्रीच क्यान्डी अस्पतालको आइसीयूमा भर्ना गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । उनलाई संक्रमणको हल्का लक्षण देखिए पनि सावधानीका लागि आइसीयूमा भर्ना गरिएको बताइएको छ ।

    आइसीयूमा राखिएकी गायिका मंगेशकरको उपचारमा चिकित्सक प्रतीत सामदानी र उनको टोली खटिएको छ ।

    ९२ वर्षीया मंगेशकरलाई नोभेम्बर २०१९ मा निमोनिया भएको थियो । त्यतिबेला उनलाई सास फेर्न पनि गाह्रो भएपछि २८ दिनसम्म अस्पतालमा उपचार गरिएको थियो ।

    प्रकाशित मिति :पौष २७ २०७८ मंगलवार - १५:४२:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij