२०८२ मंसिर ६ गते शनिवार
काठमाडौँ । श्री सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र श्री आगन्तुक रिसोर्ट प्रा.लि. बीच एक सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । बैंक र उक्त कम्पनी बीच आयोजित एक कार्यक्रममा आगन्तुक रिसोर्ट प्रा.लि.ले प्रदान गर्ने सेवाहरुमा बैंकका कर्मचारी र ग्राहकहरुलाई छुट प्रदान गर्ने सम्बन्धी उक्त सहमती पत्रमा बैंकको तर्फबाट प्रमुुख संचालन अधिकृत श्री अपूर्व प्रसाद जोशी र आगन्तुक रिसोर्ट प्रा.लि.का तर्फबाट उक्त कम्पनीका संचालक संयोजक श्री कृष्ण ज्ञवालीले हस्ताक्षर गर्नुु भएको छ ।
उक्त सम्झौतापत्र अनुसार अव यस बैंकका कर्मचारी तथा ग्राहक महानुभावहरुले आगन्तुक रिसोर्ट प्रा.लि.बाट प्राप्त हुने सेवा मध्ये खाना तथा पेय पदार्थमा वढीमा १५ प्रतिशत र आवाशमा २३ प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन् । सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहक तथा कर्मचारीहरुले सेवा खरिद गर्दा बैंकको डेविट कार्ड तथा मोवाइल बैंकिङ्ग वा त्तच् कोर्ड मार्फत सेवा खरिद गरी उक्त छुट प्राप्त गर्न सक्नेछन् ।
बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर १०५ शाखा कार्यालयहरु, ३२ एटिएम, साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij