सोमबार सर्कुलर सूचना जारी गर्दै राष्ट्र बैङ्कले कोरोना सङ्क्रमणको जोखिम न्यूनीकरण गर्ने मापदण्ड कडाइका साथ पालना गर्न निर्देशन दिएको हो ।
२०८२ भाद्र ३ गते मंगलवार
सोमबार सर्कुलर सूचना जारी गर्दै राष्ट्र बैङ्कले कोरोना सङ्क्रमणको जोखिम न्यूनीकरण गर्ने मापदण्ड कडाइका साथ पालना गर्न निर्देशन दिएको हो ।
बैंक तथा वित्तीय संस्थाबाट सञ्चालन गरिने बैठक, गोष्ठी, सेमिनार, तालिम जस्ता कार्यक्रमहरुमा भौतिक दूरी सुनिश्चित गर्ने वा यस्ता कार्यक्रम सकभर भर्चुअल माध्यमबाट गर्ने व्यवस्था मिलाउन राष्ट्र बैंकले यस्तो निर्देशन दिएको हो ।
पछिल्ला केही दिनमा कोभिड १९ को संक्रमण नयाँ स्वरुपमा फेलिदै गएको छ । तीव्र गतिमा संक्रमण फैलिदैं गएको जोखिमलाई न्यूनिकरण गर्दै आवस्यक स्वास्थ्य सतर्कतासहित बैंक तथा वित्तिय संस्थाको व्यावसायिक निरन्तरताको समेत सुनिश्चितता गर्नुपर्ने भएकाले राष्ट्र बैंकले यस्तो निर्देशन दिएको हो ।
नेपाल सरकार तथा विश्व स्वास्थ्य संगठनको स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डको पालना गरी सेवा प्रवाहमा प्रत्यक्ष सम्पर्कमा रहने जनशक्ति तथा सेवाग्राहीमा संक्रमणको जोखिमलाई न्यूनिकरण गर्न आवस्यक उपायहरु अवलम्बन गर्न निर्देशन दिइएको छ ।
बैंक तथा वित्तीय संस्थाद्धारा सञ्चालित एटिएम बुथहरूबाट हुन सक्ने संक्रमण जोखिम न्यूनिकरण गर्न ढोका खुला राखी स्यानिटाइजर लगायतका सामाग्रीको व्यवस्था गर्न समेत बैंकले निर्देशन दिइएको छ ।
सेवाग्राहीको भिडभाड नहुने तथा भौतिक दूरी कायम हुने व्यवस्था मिलाई सेवा प्रवाह गर्न बैंकले निर्देशन दिएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij