२०८२ मंसिर १३ गते शनिवार
एनएमबि बैंक लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने लागेको छ । बैंकले संस्थापक समूह तर्फको १ लाख ४९ हजार ६९३ कित्ता शेयर बिक्री गर्ने लागेको हो ।
बैंकका केही संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको संस्थापक शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो ।
उक्त शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र आवश्यक कागजात संकलन गरी कम्पनीको सचिवको कार्यालय बबरमहल काठमाडौंमा आवेदन दिन सकिने छ ।
साथै, तोकिएको अवधि भित्र कुनै पनि आवेदन नपरेको खण्डमा उक्त शेयर अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij