२०८२ मंसिर ६ गते शनिवार
काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा १ लाख ६८ हजारमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
केन्द्रीय स्वास्थ्य मन्त्रालयको आँकडा अनुसार उनका अनुसार मंगलबारको आँकडा अनुसार मंगलबार ६.४ प्रतिशत कम हो। सोमबार भारतमा १ लाख ७९ संक्रमित भएको थियो। भारतमा यस समय संक्रमितको संख्या ९७ हजार ८२७ को नजिक रहेको छ। पछिल्लो २४ घण्टामा २ सय ७७ जनाको मृत्यु भएको छ।
कोरोना भाइरसको तेस्रो लहरका क्रममा सबैभन्दा धेरै प्रभावितमा महाराष्ट्र राज्यमा सोमबार ३३ हजार ४७० नयाँ संक्रमित फेला परेका छन् भने आठ जनाको मृत्यु भएको छ।
कोरोना संक्रमण बढ्न थालेपछि भारतको दिल्ली विपद् व्यवस्थापन प्राधिकरणले राजधानी नयाँदिल्लीका सम्पूर्ण निजी कार्यालयहरू बन्द गर्न आदेश दिएको छ । आपत्कालीन सेवा प्रदान गर्ने कार्यालयहरू भने खुल्ने प्राधिकरणद्वारा जारी आदेशमा उल्लेख गरिएको छ । कार्यालयको काम घरबाटै गर्नका लागि प्राधिकरणले आग्रह गरेको छ । त्यस्तै दिल्लीका सम्पूर्ण रेस्टुरेन्ट र बारहरू पनि बन्द रहनेछन् । तर‚ ‘होम डेलिभरी’ भने गर्न पाइने आदेशमा उल्लेख गरिएको छ ।
दिल्लीमा मेट्रोहरू चल्ने तर उभिएर यात्रा गर्न नपाइने भएको छ ।दिल्लीमा पछिल्लो २४ घण्टामा ५ हजार ७३ जनामा कोरोना संक्रमण देखिएको छ भने १७ जनाको मृत्यु भएको छ । हाल दिल्लीमा ६५ हजार ८ सय ६ जना सक्रिय संक्रमित रहेका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij