Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

पहिलोपटक सुँगुरको मुटु मानवमा प्रत्यारोपण,कस्तो छ स्वास्थ्य अवस्था ?

पहिलोपटक सुँगुरको मुटु मानवमा प्रत्यारोपण,कस्तो छ स्वास्थ्य अवस्था ?


  • 5.0K
    Shares

    पहिलोपटक सुँगुरको मुटु मानवमा प्रत्यारोपण,कस्तो छ स्वास्थ्य अवस्था ?
    images

    काठमाडौं । एक जना अमेरिकी नागरिक जेनेटिक-मोडिफाइड (आनुवंशिक रूपमा तथा जिनमा परिवर्तन गरिएको) सुँगुरको मुटु प्रत्यारोपण गरिने विश्वकै पहिलो व्यक्ति बनेका छन् । बाल्टिमोरमा गरिएको सात घण्टा लामो परीक्षणमूलक सर्जरीको तीन दिनसम्म ५७ वर्षीय डेभिड बेनेट नाम गरेका ती व्यक्ति राम्रो अवस्थामा रहेको डक्टरहरूले बताएको बीबीसीले उल्लेख गरेको छ ।

    बेनेटको जीवन बचाउने अन्तिम आशाको रुपमा यो प्रत्यारोपण गरिएको थियो । त्यसैले दीर्घकालिक रुपमा उनी बाँच्छन् वा बाँच्दैनन् भन्ने कुरा स्पष्ट भइसकेको छैन ।

    ‘यो कि मृत्यु कि त यो प्रत्यारोपण रोज्ने बेला थियो,’ सर्जरीको एकदिन अघि बेनेटले भनेका थिए, ‘मलाई थाहा छ यो अन्धकारमा प्रहार गरेजस्तै हो । तर यो नै मेरो अन्तिम विकल्प हो ।’ युनिभर्सिटी अफ मेरिल्यान्ड मेडिकल सेन्टरका डक्टरहरूले अन्य अवस्थामा बेनेटको मृत्यु हुने आधारमा यो सर्जरीका लागि अमेरिकी मेडिकल नियामकबाट विशेष स्वीकृति प्राप्त गरेका थिए । उनी मानव प्रत्यारोपणका लागि अयोग्य मानिएका थिए ।

    यस किसिमको निर्णय डक्टरहरूले त्यतिखेर मात्रै लिन्छन्, बिरामीको स्वास्थ्य अवस्था निकै नाजुक बनिसकेको हुन्छ । यो प्रत्यारोपण गर्ने मेडिकल टिमले वर्षौँको अनुसन्धानपछि विश्वका मानिसहरूको जीवन रक्षा गर्नसकिने सम्भावनालाई मध्यनजर गर्दै यो सर्जरी अगाडि बढाएका हुन् ।

    सर्जन बार्ली ग्रिफ्टले युनिभर्सिटी अफ मेरिल्यान्ड स्कुल अफ मेडिकलद्वारा जारी विज्ञप्तिमा भनेका छन्, ‘यो सर्जरीले प्रत्यारोपणका लागि मानव अङ्ग अभाव हुने समस्या समाधान गर्नेतर्फ एक कदम नजिक लगेको छ ।’

    यो सङ्कटको अर्थ अमेरिकामा मात्रै दैनिक प्रत्यारोपण अभावमा १७ जनाले ज्यान गुमाउने गरेका छन् र एक लाख भन्दा बढी त्यसको पर्खाईमा रहेका हुन्छन् । विगत लामो समयदेखि प्रत्यारोपणका लागि आवश्यक अङ्गको माग धान्न ‘जेनेरोट्रान्सप्लान्ट’को रुपमा जनावरका अङ्गलाई विकल्पको रुपमा हेरिँदै आएको छ ।

    त्यसमा सुँगुरको मुटुको भल्भ त झन् समान्य जस्तै बनिसकेको छ। अक्टोबर २०२१ मा न्युयोर्कका सर्जनहरूले मानिसमा सुँगुरको किड्नी सफलतापूर्वक प्रत्यारोपण गरिएको उद्घोष गरेका थिए । यद्यपि अङ्ग प्रत्यारोपण गरिएका व्यक्तिको मस्तिष्क मृत्यु (ब्रेन डेड) भइसकेकाले उनलाई निको हुने सम्भावना भने थिएन ।

    प्रत्यारोपण पछि सोमबार बेनेटले आफैँ श्वास फेरेको बताइएको छ । यद्यपि यस पछि के हुन्छ भन्ने कुरा स्पष्ट छैन । एएफपीको रिपोर्ट अनुसार बेनेटको शरीरले अङ्ग अस्वीकार गर्नसक्ने भएकाले प्रत्यारोपणमा प्रयोग गरिएको सुँगुरबाट आनुवंशिक रूपमा थुप्रै जिनहरू बाहिर निकालिएको थियो ।

    ‘हामीले अहिलेसम्म मानवमा यस किसिमको सर्जरी गरेका थिएनौँ र मलाई लाग्छ हामीले एउटा उचित मौका दिएका छौँ ता कि उनले आफ्नो थेरापीलाई जारी राख्न सकुन्,’ सर्जन ग्रिफ्टले भनेका छन्, ‘तर एक दिन, हप्ता, महिना वा वर्ष उनी कति बाँच्छन् मलाई पनि थाहा छैन ।’

    विश्वमा पहिलोपटक सुँगुरको मुटु मानिसमा प्रत्यारोपण गरिएको छ । अमेरिकाका ५७ वर्षीय डेभिड बेनेटमा सुँगुरको मुटु प्रत्यारोपण गरिएको हो ।

    तीन दिन अघि प्रत्यारोपण गरिएका बेनेट जिवितै छन् । उनको अवस्था सुधार भइरहेको जनाइएको छ ।

    सात घन्टा लामो सफल शल्यक्रियापछि बेनेटमा सुँगुरको मुटु प्रत्यारोपण गरिएको हो । उनीसँग मुटु प्रत्यारोपण गर्नेबाहेक विकल्प थिए । अब उनी कति समय बाँच्नसक्छन् भन्नेबारे चासो भएको छ । एजेन्सी।

    प्रकाशित मिति :पौष २७ २०७८ मंगलवार - ११:०८:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij