Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

आजदेखि काठमाडौं उपत्यकामा किशोर/किशोरीलाई खोप दिइँदै

आजदेखि काठमाडौं उपत्यकामा किशोर/किशोरीलाई खोप दिइँदै


  • 3.1K
    Shares

    आजदेखि काठमाडौं उपत्यकामा किशोर/किशोरीलाई खोप दिइँदै
    images

    काठमाडौं । देशभर १२ देखि १७ वर्षसम्मका किशोर/किशोरीलाई कोभिड–१९ विरुद्धको खोप कार्यक्रम सञ्चालन भइरहेको छ । भक्तपुरमा गएको शुक्रबारदेखि मोर्डना खोप दिइँदै छ भने काठमाडौं र ललितपुरमा आजदेखि फाइजर खोप दिइँदैछ । 

    पठनपाठन भइरहेका पालिकामा विद्यालयबाटै र नभएका स्थानमा यसअघि नियमित खोप सञ्चालन भइरहेका केन्द्रबाट किशोर/किशोरीलाई खोप दिइने स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले जानकारी दिए । काठमाडौं र ललितपुरमा पनि विद्यालय र यसअघि तोकिएका दुवै केन्द्रबाट खोप दिइनेछ । विद्यालय नगएका तर ११ देखि १७ वर्षसम्मका किशोर/किशोरीले पनि उमेर खुल्ने परिचयपत्रका आधारमा खोप लगाउन पाउनेछन् ।
     
    ललितपुरमा स्थानीय पालिकाहरुले वडा अनुसार एक दिनमा चारवटा वडाका विद्यालयका दरले खोप दिँदैछन् । यी जिल्लामा लक्षित सबै किशोर/किशोरीलाई ‘कभरेज’ नभएससम्म खोप कार्यक्रम सञ्चालन हुनेछ ।

    ११ देखि १७ वर्षसम्मका किशोर/किशोरीको संख्या भक्तपुरमा ५० हजार, ललितपुरमा ७१ हजार र काठमाडौंमा दुई लाख ५० हजार रहेको स्वास्थ्य कार्यालयहरूको तथ्यांक छ ।

    प्रकाशित मिति :पौष २७ २०७८ मंगलवार - १०:२९:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij