Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

आज हब इन्टरनेशनल एजुकेसनको “ग्राण्ड अष्ट्रेलिया एजुकेसन फेयर २०२२”

आज हब इन्टरनेशनल एजुकेसनको “ग्राण्ड अष्ट्रेलिया एजुकेसन फेयर २०२२”


  • 3.2K
    Shares

    आज हब इन्टरनेशनल एजुकेसनको “ग्राण्ड अष्ट्रेलिया एजुकेसन फेयर २०२२”
    images

    काठमाडौं । हब इन्टरनेशनल एजुकेसनले आज “ग्राण्ड अष्ट्रेलिया एजुकेसन फेयर २०२२” हुँदै छ । अष्ट्रलिया अध्ययनमा जान चाहाने विद्यार्थीलाई लक्षित गरी आज “ग्राण्ड अष्ट्रेलिया एजुकेसन फेयर २०२२” को आयोजना गरेको हो ।

    विगत १६ वर्षदेखि नेपाली विद्यार्थीहरुलाई विभिन्न देशहरुमा उच्च शिक्षा अध्ययनका लागि पठाउँदै आएको हबले काठमाडौंको बागबजारमा रहेको आफ्नै प्राङगणमा करीब २० भन्दा बढी विश्वविद्यालय तथा कलेजहरुको सहभागितामा फेयर आयोजना गरेको जनाएको छ ।

    मेलामा विभिन्न खालका अफर, छात्रवृत्ति, विश्वविद्यालय तथा कलेजमा विषय छनौट लगायतका विषयमा विद्यार्थीलाई परामर्श तथा जानकारी दिइने जनाएको छ । आजको मेलामा विश्वविद्यालय तथा कलेजका प्रतिनिधिलाई प्रत्यक्ष भेटी विद्यार्थीले सबै जानकारी लिनसक्ने छन् ।

    त्यसैगरी मेलामा ब्रिटिस काउन्सिलले आईईएलटीएसको महत्व यसको मान्यताका बारेमा जानकारी दिने छ, भने माछापुच्छ्रे बैंकले विदेश अध्ययनका लागि पुरा गर्नुपर्ने आर्थिक प्रक्रिया बारे विद्यार्थीलाई जानकारी दिनेछ् । मेलामा उपस्थित विद्यार्थीहरुलाई लक्किड्र मार्फत एउटा ल्यापटप, स्मार्ट व्याग र स्मार्ट वाच उपलब्ध गराइने छ ।

    आईईएलटीएस पर्टनरको रुपमा ब्रिटिस काउन्सिल, बैङ्कि पार्टनरमा माछापुच्छ्रे बैंक, इन्स्योरेन्स पार्टनर अलाईन्स् इन्स्योरेन्स अस्ट्रेलिया र वेब्रेज पर्टनरमा कक्टेल एण्ड ड्रिम्स् रहेका छन् ।

    प्रकाशित मिति :पौष २७ २०७८ मंगलवार - १०:२४:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij