Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

अब फिल्म हेर्न जानको लागि पनि कोरोनाको खोप कार्ड चाहिने

अब फिल्म हेर्न जानको लागि पनि कोरोनाको खोप कार्ड चाहिने


  • 5.6K
    Shares

    अब फिल्म हेर्न जानको लागि पनि कोरोनाको खोप कार्ड चाहिने
    images

    काठमाडौँ । अब फिल्म हेर्नका लागि पनि कोरोनाको खोप कार्ड चाहिने भएको छ । आइतबार बसेको कोभिड–१९ व्यवस्थापन समितिको बैठकले आगामी माघ ७ गतेदेखि सार्वजनिक सेवा प्राप्त गर्न कोरोनाको खोप कार्ड अनिवार्य गरेसँगै फिल्म हेर्न पनि कोरोना खोप कार्ड चाहिने भएको हो ।

    नेपाल चलचित्र संघका महासचिव अशोक शर्माले फिल्म हेर्न आउने दर्शकले अनिबार्य  कोरोनाको खोप कार्ड देखाउनुपर्ने बताए । ‘कोभिड १९ व्यवस्थापन समितिको बैठकले गरेको निर्णय फिल्म हलमा पनि लागु हुनेछ,’ शर्माले भने ‘त्यो सबैको सुरक्षाका लागि हो । त्यसको अलवा हल हामी हलमा प्रत्येक शोमा स्यानिटाइज समेत गर्नेछौँ ।’ शर्माले कोभिड १९ व्यवस्थापन समितिसँग आफ्नो छलफल समेत भइरहेको र फिल्म हल अहिले बन्द नहुने सुनाए ।

    बैठकले सार्वजनिक स्थानहरुमा प्रवेश गर्दा अनिवार्यरुपमा कोभिड भ्याक्सिन लगाएको खोप कार्ड देखाउनुपर्ने निर्णय गरेको छ  । त्यस्तो कार्ड मोबाइलमा खिचेर देखाए पनि हुनेछ । 
     

    प्रकाशित मिति :पौष २६ २०७८ सोमवार - १६:४७:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij