Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

तेह्रथुममा करेन्ट लागेर प्रधानाध्यापक मृत्यु

तेह्रथुममा करेन्ट लागेर प्रधानाध्यापक मृत्यु


  • 2.5K
    Shares

    तेह्रथुममा करेन्ट लागेर प्रधानाध्यापक मृत्यु
    images

    तेह्रथुम। तेह्रथुमको फेदाप गाउँपालिकामा सोमबार दिउँसो करेन्ट लाग्दा एकजनाको मृत्यु भएको छ । फेदाप गाउँपालिका (१ महाभीरका ५२ वर्षीय अम्बरहादुर बस्नेतको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

    बस्नेत महाकाली माध्यमिक विद्यालय फेदाप-१ पुल्डुङगका प्रधानाध्यापक हुन् । विद्यालयमा सञ्चालन हुँदै गरेको परीक्षापछि घर आएर घाँस काट्ने क्रममा हाइटेन्सन लाइनमा करेन्ट लाग्दा बस्नेतको मृत्यु भएको पोक्लाबाङ प्रहरी चौकीले जनाएको छ ।

    घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी निरीक्षक कोमल ठाकुरको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ जाँदै गरेको प्रहरीले जनाएको छ ।

     

    प्रकाशित मिति :पौष २६ २०७८ सोमवार - १६:१५:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij