२०८२ मंसिर १३ गते शनिवार
साताको दोस्रो कारोबार दिन (सोमबार) पनि शेयर बजारमा सकारात्मक यात्राले निरन्तरता पाएको छ । आज नेप्से परिसूचक १९.४३ अंकले बढेर २७८४.९५ विन्दुमा पुगेको छ । नेप्से ०.७० प्रतिशतले बढेको हो । सेन्सेटिभ परिसूचक पनि ३.१६ अंकले बढेर ५२२.५३ विन्दुमा पुगेको छ ।
कारोबारमा आएका कूल २३६ वटा कम्पनीको एक करोड ४२ लाख ८८ हजार १ सय ३० कित्ता शेयर खरिदबिक्री हुँदा ७ अर्ब १२ करोड ३४ लाख २४ हजार ३५ रूपैयाँ १३ पैसा बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
कूल १३ उपसमूहमध्ये ३ उपसमूहको मात्र उपसूचक घटेको छ भने बाँकी सबै समूहको उपसूचक बढेको छ । सोमबार गोर्खाज् फाइनान्स कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ । कम्पनीको २२ करोड ७७ लाख ४० हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।
आज १ वटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । यस्तै युनियन हाइड्रोपावरको शेयरमूल्य पनि ९.९९ प्रतिशत र कर्पोरेठ डेभलपमेन्ट बैंकको शेयरमूल्य ९.९८ प्रतिशतले बढेको छ ।
यस दिन प्रभु सेलेक्ट फण्डको मूल्य सबैभन्दा धेरै घटेको छ । उक्त फण्डको मूल्य ३.१७ प्रतिशतले घटेर एक हजार ९.१७ रूपैयाँमा झरेको छ ।
आज सोही रकमको कारोबार हुँदा सर्वाधिक कारोबार गोर्खाज फाइनान्सको भएको छ । कम्पनीको आज एकैदिन २२ करोड ७७ लाख ४० हजार ९१७ रुपैयाँको कारोबार भएको हो ।
त्यस्तै, नेपाल टेलिकमको २१ करोड ८२ लाख, हिमालयन डिस्टिलरीको २१ करोड ३ लाख, अपि पावर कम्पनीको १९ करोड २८ लाख र नेशनल हाइड्रोपावरको १८ करोड ९४ लाख भन्दा माथिको कारोबार भएको छ ।

© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij