Logo

२०८२ मंसिर ६ गते शनिवार

Logo

२०८२ मंसिर ६ गते शनिवार

Logo
गृहपृष्ठ
समाचार
राजनीति
विचार
मनाेरञ्जन
  • बैङ्क वित्त
    • बैङ्क
      बिमा
      सहकारी
  • खेलकुद
    भिडियो सेन्टर
  • अन्य
    • अन्तर्वार्ता
      पत्रपत्रिका
      बैदेशिक रोजगार
      बजार
      स्वास्थ्य
      शिक्षा
      साहित्य
      अन्तर्राष्ट्रिय
      सूचना प्रविधि
      यस धर्तीमा
      धर्म संस्कृती
      राशिफल
  • युनिकोड
    २०८२, मंसिर ६ गते
    • होमपेज
    • समाचार
    • राजनीति
    • विचार
    • मनाेरञ्जन
    • बैङ्क वित्त
    • बैङ्क बिमा सहकारी
    • खेलकुद
    • भिडियो सेन्टर
    • अन्य
    • अन्तर्वार्ता पत्रपत्रिका बैदेशिक रोजगार बजार स्वास्थ्य शिक्षा साहित्य अन्तर्राष्ट्रिय सूचना प्रविधि यस धर्तीमा धर्म संस्कृती राशिफल

    सर्च गर्नुहोस्

    अन्धविश्वासको परिणाम: यी हुन उपचारको नाममा बालिकालाई त्रिशुल प्रहार गरी हत्या गर्ने माता

    अन्धविश्वासको परिणाम: यी हुन उपचारको नाममा बालिकालाई त्रिशुल प्रहार गरी हत्या गर्ने माता


    खबरसेन्टर डेस्क
    पौष २६, २०७८ सोमवार
  • 2.9K
    Shares

    अन्धविश्वासको परिणाम: यी हुन उपचारको नाममा बालिकालाई त्रिशुल प्रहार गरी हत्या गर्ने माता
    images

    काठमाडौँ । अस्पताल नभएका र जनचेतना कम भएका ठाउँमा बिरामी पर्दा धामी झाँक्रीको भर पर्नु स्वभाविक हो। तर देशको संघीय राजधानी काठमाडौंमा एकसे एक सुविधा सम्पन्न अस्पताल छन्। तर यहीँ बस्ने एक परिवारले अस्पताल भन्दा कथित माताको भर पर्दा आफ्नी १४ वर्षीया छोरी गुमाउनु परेको छ। 

    बिरामी बालिकालाई उपचारका लागि भन्दै माताको लगिएको थियो । माता भनिने ती महिलाले बालिकालाई कुटपिटका साथै त्रिशुल रोपेर हत्या गरेको परिवारको आरोप छ। यसरी ज्यान गुमाउनेमा सिन्धुपाल्चोक जिल्ला चौतारा साँगा चोकगढी नगरपालिका–२ घर भई हाल भक्तपुरको बोडे बस्ने १४ वर्षीया रोशनी श्रेष्ठ छिन्। 

    उनका आमा, फुपूले एक युट्युब च्यालनसँग गरेको कुराकानी अनुसार रोशनीलाई सामान्य टाउको दुख्ने समस्या थियो। उनी छोपेर बेलाबेला एक्कासी लड्ने गर्थिन् ।  अस्पतालमा लगेर उपचार पनि गरिएको थियो। समस्या कम भएन।

    त्यसपछि केहीले रानीवनमा बस्दै आएकी माता भनिने ४८ वर्षीया उमा शाही ठकुरी कहाँ लैजान सुझाव दिएकाले त्यहाँ लगेर राखेको उनकी आमाले बताएकी छिन् । रोशनीलाई त्यहाँ राखेको तीन हप्ता भएको थियो। बालिका बेहोस् भएको भन्दै शनिबार बिहान उमाका सहयोगीले रोशनीकी आमालाई फोन गरेका थिए। परिवार पुगेर उपचारका लागि मोनमोहन मेमोरियल अस्पतालमा लगियो । त्यहाँ लैजाँदा चिकित्सकले करिब ४ घण्टाअघि नै मृत्यु भइसकेको जानकारी दिए। 

    परिवारले प्रहरीलाई घटनाबारे जानकारी दिएपछि प्रहरी अस्पतालमा पुगी अनुसन्धान सुरु गरेको थियो। प्रहरीले माता भनिने उमा शाही ठकुरी र उनका दुईजना सहयोगीलाई पक्राउ गरेको छ। माता भनिने महिला र उनका सहयोगीले शुक्रबार साँझ ती रोशनीलाई कुटपिट गरेको छिमेकीले समेत देखको बताएका छन् ।

    बिरामी बालिकालाई अस्पताल लैजानु पर्नेमा धामी/झाक्री, झारफुकजस्ता अन्धविश्वासमा पर्दा ज्यान गएको प्रहरीको भनाइ छ। यस्ता घटना हुनबाट जोगिन झारफुक तथा धामी, झाँक्रीको विश्वासमा नपर्न प्रहरीले सचेत गराएका छन्। 

     
     
     
     
     

    प्रकाशित मिति :पौष २६ २०७८ सोमवार - १४:३२:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    लेखकबाट थप

    images
    images
    ताजा अपडेट
    • जेनजी कार्यकर्तासँग प्रचण्डले भने: ‘अब तपाईंहरूलाई जिम्मेवारी सुम्पिने हो,
      जेनजी कार्यकर्तासँग प्रचण्डले भने: ‘अब तपाईंहरूलाई जिम्मेवारी सुम्पिने हो,
    • दल दर्ता गराउने कांग्रेसको निर्णय
      दल दर्ता गराउने कांग्रेसको निर्णय
    • चिसोले जम्यो म्याग्दीको पञ्चकुण्ड ताल
      चिसोले जम्यो म्याग्दीको पञ्चकुण्ड ताल
    • आज अमेरिकी डलरको मूल्य हालसम्मकै सबैभन्दा महँगो
      आज अमेरिकी डलरको मूल्य हालसम्मकै सबैभन्दा महँगो
    • आज शनिवार २०८२ मंसिर ६ गतेको राशिफल
      आज शनिवार २०८२ मंसिर ६ गतेको राशिफल
    images
    सम्बन्धित समाचार
    जेनजी कार्यकर्तासँग प्रचण्डले भने: ‘अब तपाईंहरूलाई जिम्मेवारी सुम्पिने हो,

    जेनजी कार्यकर्तासँग प्रचण्डले भने: ‘अब तपाईंहरूलाई जिम्मेवारी सुम्पिने हो,

    चिसोले जम्यो म्याग्दीको पञ्चकुण्ड ताल

    चिसोले जम्यो म्याग्दीको पञ्चकुण्ड ताल

    गोरखाका दीपक श्रेष्ठ लुम्बिनी विकास कोषको सदस्य सचिवमा नियुक्त

    गोरखाका दीपक श्रेष्ठ लुम्बिनी विकास कोषको सदस्य सचिवमा नियुक्त

    भोलेन्टियर फोर्सका संयोजक श्रेष्ठको चेतावनी- जेनजीको लोकेसन ट्र्याक गरेका छौँ, घर-घर घेर्छौँ

    भोलेन्टियर फोर्सका संयोजक श्रेष्ठको चेतावनी- जेनजीको लोकेसन ट्र्याक गरेका छौँ, घर-घर घेर्छौँ

    शान्ति प्रक्रियाको १९ वर्षसम्म द्वन्द्वपीडितले न्याय नपाएको भन्दै आयोगद्वारा चासो व्यक्त

    शान्ति प्रक्रियाको १९ वर्षसम्म द्वन्द्वपीडितले न्याय नपाएको भन्दै आयोगद्वारा चासो व्यक्त

    Logo

    दर्पण मल्टि मिडिया प्रा.लि.

    नयाँबजार, काठमाडौं
    फोन नं.: ०१–४९८७८५५, ९७०४५९०६०१
    News: khabarcenternepal@gmail.com 

    ADVT: marketing@khabarcenter.com

    सूचना विभाग दर्ता नं.
    १६६२/७६–७७

    प्रेस काउन्सिल सूचीकरण नं.
    ४६१/७६–७७

    प्रबन्ध निर्देशक
    भिमसेन बाबु श्रेष्ठ

    प्रधान सम्पादक
    उत्तम कुमार श्रेष्ठ

    हाम्रो टिम
    • हाम्रो बारेमा
    • अर्काइभ
    • युनिकोड

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij