Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका विद्यार्थीद्वारा आर्थिक सहयोग

पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका विद्यार्थीद्वारा आर्थिक सहयोग


  • 3.6K
    Shares

    पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका विद्यार्थीद्वारा आर्थिक सहयोग
    images

    काठमाडौं । पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरुले जेष्ठ नागरिकलाई आर्थिक सहयोग गरेका छन् । त्रिभुवन विश्वविद्यालय आमसञ्चार तथा पत्रकारिता केन्द्रीय विभाग रत्नराज्यलक्ष्मी क्याम्पस स्नातकोत्तर तह तेस्रो सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरुले साहारा जेष्ठ नागरिक समाजलाई आर्थिक सहयोग गरेका हुन् ।

    काभ्रेको पनौति नगरपालिका १० खोपासी स्थित साहारा जेष्ठ नागरिक समाजमा रहेका बृद्धबृद्धाहरुलाई सहयोग पुगोस भनेर विद्यार्थीहरुले १७ हजार रुपैयाँ आर्थिक सहयोग गरेका हुन् ।  

    २०७० सालामा स्थापना भएको उक्त संस्थामा ६० बर्ष भन्दा माथिका बृद्धबृद्धाहरु छन् । उक्त समाजमा दैनिक रुपमा भजन कृतन गरेर मनोरञ्जनात्क कार्य गर्ने गरिएको साहारा जेष्ठ नागरिक समाजले जनाएको छ ।

    तेस्रो सेमेस्टर र प्रथम सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरु गत पौष ३ गते पिक्नीक गएका थिए । उक्त पिक्नीकबाट बचेको रकम साहारा जेष्ठ नागरिक समाजलाई सहयोग गरेको विद्यार्थीको प्रतिनिधित्व गरेका सीआर भण्डारीले बताए । तेस्रो सेमेस्टरमा अध्ययनरत विद्यार्थी सीआर भण्डारीले साहार जेष्ठ नागरिक समाजका अध्यक्ष भरत शर्मालाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् । 

    प्रकाशित मिति :पौष २६ २०७८ सोमवार - १४:२३:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij