२०८२ मंसिर ६ गते शनिवार
अमेरिकाको न्यूयोर्कस्थित एउटा अपार्टमेन्ट भवनमा आगलागी हुँदा ९ बालबालिकासहित १९ जनाको मृत्यु भएको छ ।
आगलागीमा ६३ जना घाइते भएको र तीमध्ये ३२ जनालाई उपचारका लागि अस्पताल पठाइएको अधिकारीहरूले बताएका छन् । उनीहरूको अवस्था जटिल रहेको न्यूयोर्कका मेयर एरिक एडम्सले बताए । उक्त घटना सहरका लागि भयानक र पीडादायी क्षण भएको उनको भनाइ छ ।
अधिकारीहरूका अनुसार आइतबार न्यूयोर्कको ब्रोङ्कस अपार्टमेन्ट ब्लकमा स्थानीय समय अनुसार बिहान करिब ११ बजे दोस्रो र तेस्रो तलामा आगलागी भएको थियो । १९ तले भवनको सबै तलामा पीडितहरू भेटिएको र उनीहरूमा हृदयघात वा श्वासप्रश्वासमा समस्या आएको देखिएको अग्नि विभागका आयुक्त डेनियल निग्रोले बताए ।
विद्युतीय हिटरमा खराबी आएपछि लागलागी भएको हुनसक्ने ठानिएको छ । आगलागी नियन्त्रणका लागि करिब दुई सय अग्नि नियन्त्रकलाई घटनास्थलमा पठाइएको अधिकारीहरूले बताएका छन् । बीबीसी ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij