२०८२ मंसिर ६ गते शनिवार
काठमाडौं। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ( अनेरास्ववियु)ले नोबेल मेडिकल कलेज अगाडि रिले अनसन बस्न गएका विद्यार्थीहरु माथि आक्रमण भएको भन्दै विरोध गरेको छ । नोबेल प्रशासनले भाडाका गुन्डाहरुको प्रयोग गरी विद्यार्थी माथी आक्रमण भएको भन्दै विरोध गरेको हो ।
आइतबार एक विज्ञप्ति जारी गर्दे चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बढी शुल्क लिएको विरोधमा, यस अघि जिल्ला प्रशासन कार्यालय मोरङमा भएको सहमति विपरित सिमित विद्यार्थीहरूलाई मात्रै सहभागी गराएर कक्षा संचालन गरेको विरोधमा विराटनगर स्थित नोबेल मेडिकल कलेज अगाडि रिले अनसन बस्न गएका विद्यार्थीहरु माथि नोबेल प्रशासनबाट संचालित भाडाका गुन्डाहरुको आक्रमणबाट आधा दर्जन विद्यार्थीहरू घाइते भएका प्रति संगठनको गम्भीर ध्यानाकर्षण भएको भन्दै घटना प्रति खेद व्यक्त गरेको छ ।
त्यसैगरी शान्तिपुर्ण आन्दोलन दबाउने प्रयास गरे र विद्यार्थीहरुका जायज मागलाई वेवास्ता गरे देश व्यापी रुपमा आन्दोलन गर्ने विज्ञप्ति मार्फत चेतावनि दिएको छ ।
विज्ञप्तिमा भनिएको छ “अपराधी मेडिकल माफिया विरुद्ध आफ्नो अधिकार प्राप्तिको निम्ति नोबेल मेडिकल कलेजका विद्यार्थीहरुले अघि सारेका मागहरु प्रति अनेरास्ववियुको पुर्ण साथ र समर्थन रहेको जानकारी गराउन चाहन्छौ । यस्ता भाडाका गुण्डाहरु प्रयोग गरि विद्यार्थीहरुको आवाज बन्द गर्न सकिन्छ भन्ने दुषित मानसिकता त्याग्न नोबेल प्रशासनलाई अनेरास्ववियु चेतावनी दिन चाहन्छ ।”
साथै सरकारले तोकेको शुल्क भन्दा अतिरिक्त शुल्क असुल्ने नोबेल मेडिकल कलेजलाई तत्काल कानुनी कारवाहीको दायरामा ल्याउन माग गरेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij