२०८२ मंसिर ६ गते शनिवार
भारत । भारतमा कोरोना भाइरस महामारीको तेस्रो लहरमा तीव्र गतिमा संक्रमण फैलिएको छ। त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक लाख ८० हजारको हाराहारीमा नयाँ संक्रमित थपिएका छन्।
भारतमा आइतबार एकै दिन एक लाख ७९ हजार ७२३ जना नयाँ संक्रमित थपिएका हुन्। यस्तै १४६ जनाको कोभिड–१९ का कारण मृत्यु भएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ।
भारतमा अहिले सक्रिय संक्रमितको संख्या बढेर सात लाख २३ हजार ६१९ पुगेको छ। दैनिक संक्रमणदर पनि बढेर १३.२९ प्रतिशत पुगेको छ।
हाल भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनबाट संक्रमित हुनेको कुल संख्या चार हजार ३३ पुगेको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij