काठमाडौँ । नेपाल केडिकल काउन्सिलले यही पुस २२ देखि २५ गतेसम्म लिएको लाइसेन्स परीक्षाको नतिजा प्रकाशन भएको छ ।
आइतबार प्रकाशित नाम दर्ता परीक्षा (लाइसेन्स) परीक्षामा एमबीबीएस तर्फ ५०.५८ प्रतिशत उत्तीर्ण भएको मेडिकल काउन्सिलले जानकारी दिएको छ । यस्तै डेन्टल अर्थात बीडीएसतर्फ ४०.९७ प्रतिशत उत्तीर्ण भएका छन्।
काउन्सिलका अनुसार मेडिकलतर्फ १७२२ जनाले परीक्षा दिएका थिए । यसमा ८७१ जना पास भएका छन् ।
त्यसैगरी डेन्टलतर्फ लाइसेन्स परीक्षामा ४३२ सहभागी भएकोमा १७७ जना उतीर्ण भएका छन् ।
परीक्षणको नतिजा काउन्सिलको वेबसाइटमा राखिएको छ ।
