Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

राष्ट्रिय परिचयपत्र: काठमाडौंका सबै पालिकामा दर्ता स्टेशन थप गरिँदै

राष्ट्रिय परिचयपत्र: काठमाडौंका सबै पालिकामा दर्ता स्टेशन थप गरिँदै


  • 3.7K
    Shares

    राष्ट्रिय परिचयपत्र: काठमाडौंका सबै पालिकामा दर्ता स्टेशन थप गरिँदै
    images

    काठमाडौं । राष्ट्रिय परिचयपत्रका लागि काठमाडौंका सबै इलाका प्रशासन कार्यालय र स्थानीय तहमा दर्ता स्टेशन थप गर्ने तयारी भएको छ ।

    हाल सेवा उपलब्ध गराइएका दर्ता स्टेशनमा सेवाग्राहीको भीड बढेको भन्दै राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले लाइभ इनरोलमेन्ट हुने गरी इलाका प्रशासन कार्यालय र स्थानीय तहमा दर्ता स्टेशन थप गर्न लागेको हो ।

    ई-पासपोर्टका लागि राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरिएसँगै राष्ट्रिय परिचयपत्रको विवरण दर्ता गर्ने सेवाग्राहीको संख्या बढेको छ । तर सबै जिल्ला प्रशासन कार्यालयबाट राष्ट्रिय परिचयपत्रको विवरण प्रविष्ट (लाइभ इनरोलमेन्ट) गर्न सकिने भएपनि धेरैजसो सेवाग्राही काठमाडौंमै आउने गरेका छन् ।

    काठमाडौंमा सेवाग्राहीको चाप नरोकिएपछि विभागले दर्ता स्टेशन थप्ने तयारी गरेको हो । विभागका निर्देशक सुवास ढकालले यी स्थानमा एक हप्ताभित्र दर्ता स्टेशन खोल्ने गरी तयारी भइरहेको जानकारी दिए ।

    यसअघि काठमाडौं आउने सेवाग्राहीलाई लक्षित गर्दै विभागले तीन ठाउँमा राष्ट्रिय परिचयपत्रका लागि आवेदन दिन सकिने व्यवस्था ल्याएको थियो ।

    यसअन्तर्गत बागमती प्रदेशका भक्तपुर र ललितपुरबाहेक सबै जिल्लाका सेवाग्राहीले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट परिचयपत्र बनाउन सक्नेछन् ।

    त्यस्तै ललितपुर जिल्ला, कर्णाली प्रदेश सुदूरपश्चिम प्रदेशका सेवाग्राहीले ललितपुर जिल्ला प्रशासन कार्यालयबाट सेवा लिन सक्नेछन् । प्रदेश १, गण्डकी र लुम्बिनी प्रदेशका सेवाग्राहीले नारायणी दरबार परिसरबाट राष्ट्रिय परिचयपत्रका लागि फर्म बुझाउन सक्नेछन् । यी स्थानमा समेत सेवाग्राहीकाे चाप बढेपछि विभागले थप दर्ता स्टेशन सञ्चालनमा ल्याउने तयारी गरेकाे हो ।

    निर्देशक ढकालका अनुसार राष्ट्रिय परिचयपत्रका लागि हालसम्म ५२ लाखभन्दा बढी नागरिकको विवरण संकलन भइसकेको छ । उनले डेढ महिनापछि राष्ट्रिय परिचयपत्रको केन्द्रीय प्रणालीमा सूचीकृत भएका नागरिकलाई कार्ड वितरण गर्न सुरु गरिने जानकारी समेत दिए ।

    प्रकाशित मिति :पौष २५ २०७८ आइतवार - १६:२७:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij