Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

युनाइटेड हाइड्रोपावरको आईपीओ बिक्री खुल्यो

युनाइटेड हाइड्रोपावरको आईपीओ बिक्री खुल्यो


  • 18.5K
    Shares

    युनाइटेड हाइड्रोपावरको आईपीओ बिक्री खुल्यो

    काठमाडौं । युनाइटेड इदी–मार्दी एण्ड आरबी हाइड्रोपावर लिमिटेडले बुधबारदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ ।

    कम्पनीले स्थनीयमा बिक्री नभएको शेयर समेत थप गरी दोस्रो चरणमा ८ लाख ७३ हजार ९ सय १० कित्ता साधारण शेयर बिक्रीमा ल्याएको हो । यसअघि कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दाहरुकाको लागि ४ लाख २० हजार कित्ता आईपीओ बिक्री गरेको थियो ।

    सोमध्ये बिक्री नभएको २ लाख ४३ हजार ९ सय १० कित्तासहित कम्पनीले सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको हो । निष्काशन गरिने कुल सेयरमध्ये ४३ हजार ६ सय ९६ कित्ता शेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरिएको छ भने १७ हजार ४ सय ७८ कित्ता कर्मचारीहरुका लागि छुट्याइएको छ । 

    सर्वसाधारण लगानीकर्ताले बाँकी ८ लाख १२ हजार ७ सय ३६ कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीले निष्काशन गर्न लागेको आइपीओमा सर्वसाधारणले छिटोमा मंसीर ७ गतेसम्म आवेदन दिन सक्नेछन् ।

    कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । आइपीओमा सर्वसाधारणले न्युनतम १० कित्तादेखि १० हजार कित्ता सम्मको लागि आवेदन दिन सक्नेछन् ।
     

    प्रकाशित मिति :मंसिर ३ २०७७ बुधवार - १२:१३:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij