२०८२ मंसिर १३ गते शनिवार
साताको पहिलो कारोबार दिन (आइतबार) शेयर बजारमा हरियाली छाएको छ । नेप्से परिसूचक उच्च अंकले बढ्दा कारोबार रकममा पनि उछाल आएको छ।
आज नेप्से परिसूचक ७३.०१ अंकले बढेर २७६५.४७ विन्दुमा पुगेको छ। नेप्से २.७१ प्रतिशतले बढेको हो । सेन्सेटिभ परिसूचक पनि १३.२१ अंकले बढेर ५१९.३७ विन्दुमा पुगेको छ।
कारोबारमा आएका कूल २३९ वटा कम्पनीको एक करोड ५० लाख ५८ हजार ६ सय २१ कित्ता शेयर खरिदबिक्री हुँदा ७ अर्ब १० करोड १८ लाख ३१ हजार ५ सय ९१ रूपैयाँ ११ पैसा बराबरको कारोबार भएको छ। कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहको शेयर बढेको छ।
आइतबार पनि अपि पावर कम्पनी लिमिटेडको नै सर्वाधिक कारोबार भएको छ। कम्पनीको २९ करोड २२ हजार रूपैयाँ बराबरको कारोबार भएको हो।
आज २ वटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। नेपाल हाइड्रो डेभलपर्स कम्पनी लिमिटेड र हिमालयन उर्जा विकास कम्पनी लिमिटेडको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो।
यस्तै युनियन हाइड्रोपावरको शेयरमूल्य पनि ९.९८ प्रतिशत र मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको शेयरमूल्य ९.९७ प्रतिशतले बढेको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij