Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

कोरोना बढ्दै गएपछि केहि दिनका लागि विद्यालय बन्द गर्न कांग्रेस नेता महरले दिए यस्तो सुझाव

कोरोना बढ्दै गएपछि केहि दिनका लागि विद्यालय बन्द गर्न कांग्रेस नेता महरले दिए यस्तो सुझाव


  • 4.3K
    Shares

    कोरोना बढ्दै गएपछि केहि दिनका लागि विद्यालय बन्द गर्न कांग्रेस नेता महरले दिए यस्तो सुझाव
    images

    पछिल्लो समय कोरोना संंक्रमणको अवस्था बढ्दै गएपछि सरोकारवालाहरुले केहि दिनका लागि विद्यालय बन्द गर्नुपर्ने सुझाव दिएका छन् । केहीले औपचारिक कार्यक्रमबाट र केहीले सामाजिक सञ्जालबाट केही दिनका लागि विदालय बन्द गर्ने सुझाव दिएका हुन ।

    अभिभावक संघका सुप्रभात भण्डारीले आफ्नो फेसबुक पेजमा कोरोनाको ग्र्राफ उकालो लागेकाले केही दिन विद्यालय हिउदे बिदा दिएर १५ देखि १७ वर्षका बालबालिकालाई खोप दिई पूर्ण सुरक्षा प्रदान गर्न गर्न सम्बन्धित निकायको ध्यानाकर्षण पुगोस् भन्ने अभिव्यकित सार्वर्जनक गरेका  छन् ।

    त्यस्तै, नेपाली कांग्रेसका नेता नैनसिंह महरले कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको जोखिमलाई मध्यनजर गर्दै १५ दिन शैक्षिक संस्था बन्द गर्नुपर्ने बताएका छन् ।

    थारु विद्यार्थी सङ्घ केन्द्रीय समितिको आयोजनामा ‘ओमिक्रोन र शैक्षिक क्षेत्रमा यसले निम्त्याउने सङ्कट’ विषयक अन्तक्र्रियामा उनले मुलुकमा पुनः कोरोनाको जोखिम बढेकाले बालबालिकालाई त्यसको खतराबाट बचाउनुपर्नेमा जोड दिए । नेता महरले  भने,  “हामीले १८ वर्ष मुनिका सबै बालबालिकालाई खोप उपलब्ध गराउन सकेका छैनौँ । छिमेकीमूलुक भारतमा पनि कोरोना सङ्क्रमण तीव्र भएसँगै नेपाल पनि त्यसको उच्च जोखिममा छ । यस्तो अवस्थामा बालबालिकालाई जोगाउन १५ दिन शैक्षिक संस्था बन्द गर्नु उत्तम देखिन्छ ।”

    नेपाल विद्यार्थी सङ्घका अध्यक्षसमेत रहेका उनले सरोकार निकायसँगको परामर्शका आधारमा स्थानीय, प्रदेश र केन्द्रीय सरकारले नै चाँडै कोरोना रोकथामको नीति अवलम्बन गर्न आवश्यक रहेको बताए । 

    कोरोना महामारी नियन्त्रणमा स्वास्थ्य सावधानी र खोप नै सबैभन्दा उत्तम विकल्प भएकाले सरकारले सबैको पहुँचमा हुनेगरी सहजरूपले खोप उपलब्ध गराउन ध्यान दिनुपर्ने महरको भनाइ थियो ।

    कार्यक्रममा सहभागी शिक्षाविद् एवं शिक्षा क्षेत्रका सरोकारवालाले पनि कोरोनाको अर्को लहरबाट बालबालिकालाई जोगाउन केही दिन विद्यालय बन्द गर्नु नै उत्तम विकल्प हुने सुझाव दिएका थिए ।

    88.jpg

    प्रकाशित मिति :पौष २५ २०७८ आइतवार - १४:४०:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij