Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

प्रतिनिधि सभा विघटन : सर्वोच्च अदालतमा अन्तिम सुनुवाइ सुरु  

प्रतिनिधि सभा विघटन : सर्वोच्च अदालतमा अन्तिम सुनुवाइ सुरु  


  • 7.8K
    Shares

    प्रतिनिधि सभा विघटन : सर्वोच्च अदालतमा अन्तिम सुनुवाइ सुरु  

    काठमाडौं । सर्वोच्च अदालतमा दर्ता भएको प्रतिनिधि सभा विघटनसम्वन्धी विवादमा अन्तिम  सुनुवाइ सुरु भएको छ । प्रधानन्यायाधिशसहित पाँच न्यायाधीशको संवैधानिक ईजलासमा सुनुवाइ सुरु भएको हो । 

    प्रतिनिधिसभा विघटनविरुद्ध दायर भएका एक दर्जनभन्दा बढी रिटमाथि सुनुवाइ गर्न प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले पुरानै संवैधानिक इजलासलाई निरन्तरता दिएका छन्, जसमा राणासहित हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिल सिन्हा र तेजबहादुर केसी छन् । 

    पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रतिनिधि सभा विघटनको सिफारिस गरेका थिए । उक्त सिफारिसलाई भण्डारीले केही घन्टामै अनुमोदन गरेकी थिईन्। उक्त निर्णय असंवैधानिक भएको जिकिरसहित सर्वोच्चमा १३ थान रिट दर्ता भएका छन् । 

    राष्ट्रपति कार्यालय, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्नि सापकोटा र अन्य विपक्षीले समेत लिखित जवाफ पेस गरेकाले आजबाट अन्तिम फैसलाका लागि बहस हुनेछ । 

    प्रकाशित मिति :पौष २२ २०७७ बुधवार - ११:००:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij