Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

ध्वनि प्रदुषण कम गर्न मोटरसाइकलका साइलेन्सर हटाइँदै

ध्वनि प्रदुषण कम गर्न मोटरसाइकलका साइलेन्सर हटाइँदै


  • 4.3K
    Shares

    ध्वनि प्रदुषण कम गर्न मोटरसाइकलका साइलेन्सर हटाइँदै
    images

    कैलाली । जिल्ला ट्राफिक प्रहरी कार्यालयले ध्वनि प्रदुषण हटाउन मोटरसाइकलका साइलेन्सर हटाउने अभियान थालेको छ । स्वरुप परिवर्तन गरी ठूलो आवाजसहित मोटरसाइकल चलाउनेलाई कारवाही गर्न थालिएको छ । 

     जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक वकिल सिंहका अनुसार सो अभियानअन्तर्गत हालसम्म ३२ मोटरसाइकल चालकलाई कारवाही गरिएको छ । उनीहरुको मोटरसाइलको साइलेन्सरसमेत परिवर्तन गरिएको छ । “सवारी साधनमा कम्पनीका पाटपुर्जा मापदण्डविपरीत परिवर्तन गरी प्रयोग गर्न नपाइने नियम भए पनि त्यसो गर्ने गरिएको पाइएको छ”, उनले भने, “मोटरसाइकल तीव्र गतिमा कुदाउँदा दुर्घटनाको जोखिम बढ्नुका साथै ध्वनि प्रदुषण हुने गरेको छ ।”

     मोटरसाइकलको साइलेन्सर परिवर्तन गरेर चालकलाई सम्झाइबुझाइ पठाउने गरिएको सिंहको भनाइ छ । सम्झाउने र कारवाही गर्ने काम सँगसँगै थालिएको छ । कार्यालयले कम्पनीको मापदण्डविपरीत सवारी साधनको स्वरुप परिवर्तन गरी नचलाउन सबैमा अनुरोधसमेत गरेको छ ।

    प्रकाशित मिति :पौष २५ २०७८ आइतवार - १४:०३:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij