२०८२ मंसिर १३ गते शनिवार
काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे ७ अंक बढेको छ।
गत बिहीबार ४३.२९ अंक बढेर २६९२.४७ विन्दुमा बन्द भएको नेप्से आजको सो सेसनमा ७.४० अंक बढेर २६९९.८८ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स १.१६ अंक बढेको छ।
आजको प्रि ओपन सेसनमा १५ कम्पनीको १९ लाख ७१ हजार ४६५ रुपैयाँ ४० पैसा बराबरको ३ हजार ८२५ कित्ता सेयर खरिदबिक्री भएको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij