Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

भारतमा पछिल्लो २४ घन्टामा १ लाख ६० हजार भन्दा बढी कोभिड संक्रमण

भारतमा पछिल्लो २४ घन्टामा १ लाख ६० हजार भन्दा बढी कोभिड संक्रमण


  • 3.7K
    Shares

    भारतमा पछिल्लो २४ घन्टामा १ लाख ६० हजार भन्दा बढी कोभिड संक्रमण
    images

    नयाँ दिल्ली । भारतमा कोभिड संक्रमण तीव्र वेगमा बढिरहेको छ । पछिल्लो २४ घन्टामा एक लाख ५९ हजार ६३२ जनामा संक्रमण देखिएको छ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएसँगै कोभिड संक्रमितको संख्या पनि दिनहुँ बढिरहेको छ । भारतका २७ ओटा राज्य र युनियन टेरिटोरीमा ओमिक्रोन फैलिएको छ ।

    भारतमा दैनिक संक्रममण दर औषतमा ११ प्रतिशत छ । संक्रमण बढेसँगै सरकारले बुस्टर डोज दिन थालेको छ । १५ देखि १८ वर्ष समूहका २ करोडभन्दा बढी युवाहरुले पूर्ण खोप लगाएका छन् । 

    पछिल्लो २४ घन्टामा ९० लाख जनालाई कोभिडविरुद्ध खोप दिइएको छ । एकै दिन  ६१६ ओमिक्रोन संक्रमित थपिएका छन् । योसँगै ओमिक्रोनबाट संक्रमितको संख्या पनि तीन हजार ७०० पुगेको छ । संक्रमितमध्ये एक हजार ४०९ जनामा दोस्रो वा तेस्रो व्यक्तिबाट फैलिएको विज्ञहरुले बताएका छन् । 

     

    प्रकाशित मिति :पौष २५ २०७८ आइतवार - १०:५४:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij