Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

आयल निगमको कार्यकारी निर्देशक पदमा दरखास्त दिनआह्वान, शैक्षिक योग्यता कति चाहिने ?

आयल निगमको कार्यकारी निर्देशक पदमा दरखास्त दिनआह्वान, शैक्षिक योग्यता कति चाहिने ?


  • 3.9K
    Shares

    आयल निगमको कार्यकारी निर्देशक पदमा दरखास्त दिनआह्वान,  शैक्षिक योग्यता कति चाहिने ?

    काठमाडौं। नेपाल आयल निगमले कार्यकारी निर्देशक पदका लागि विज्ञापन खुलाएको छ । कार्यकारी निर्देशक छनोट तथा सिफारिस समितिले आज सार्वजनिक सूचना जारी गरी इच्छुक व्यक्तिलाई २१ दिनभित्र दरखास्त दिन आह्वान गरेको छ ।

    २०७५ साल पुसमा नेपाल आयल निगमको कार्यकारी निर्देशक नियुक्त भएका सुरेन्द्र पौडेल तीन वर्षे सेवा अवधि पूरा गरी बाहिरिएपछि हाल यो पद रिक्त छ । पहिलो पटक खुला प्रतिस्पर्धाबाट निगमको कार्यकारी निर्देशक बनेका पौडेल पुस २२ गते निगमबाट बिदा भएका थिए ।

    निगमको कार्यकारी निर्देशक हुनका लागि निगमको कार्यप्रकृतिसँग सम्बन्धित विषय वा प्रशासन, व्यवस्थापन, अर्थशास्त्र, इन्जिनियरिङ वा कानुन विषयमा कम्तिमा स्नातकोत्तर तह उत्तीर्ण गरेको र व्यवस्थापकीय जिम्मेवारीको पदमा कम्तिमा पाँच वर्षको अनुभव भएको हुनुपर्ने योग्यता तोकिएको छ ।

    उम्मेदवारले शैक्षिक योग्यता, अनुभव, नेपाली नागरिकताको प्रतिलिपी, बायोडाटा, पासपोर्ट साइजको दुईप्रति फोटो र पाँच हजार शब्दमा नबढ्ने गरी लेखिएको व्यवसायिक कार्ययोजना पेश गर्नुपर्ने छ । दरखास्त दस्तुर पाँच हजार रुपैयाँ तोकिएको छ ।

    प्रकाशित मिति :पौष २५ २०७८ आइतवार - १०:४६:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij