Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

कलंकीमा टिपरको ठक्करबाट मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

कलंकीमा टिपरको ठक्करबाट मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु


  • 3.5K
    Shares

    कलंकीमा टिपरको ठक्करबाट मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
    images

    काठमाडौं । काठमाडौंको कलंकीमा टिपरको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ। थप एक जना गम्भीर घाइते भएका छन्।

    बा ४ ख ६८४३ नम्बरको टिपरले बा १ ब ५४०१ नम्बरको मोटरसाइकललाई गएराति पौने १० बजे ठक्कर दिँदा मोटरसाइकल चालक बझाङको थलारा घर भई हाल ललितपुर बस्ने २४ वर्षीय वसन्त विष्टको मृत्यु भएको हो।

    दुर्घटनामा गम्भीर घाइते भएका विष्टको उपचारको क्रममा कलंकीस्थित शहिद मेमोरियल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

    सोही दुर्घटनामा बझाङको चैनपुर घर भई हाल ललितपुरको धोविघाट बस्ने २६ वर्षीय निखिल बम गम्भीर घाइते भएका छन्। उनको महांकालस्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

    प्रकाशित मिति :पौष २५ २०७८ आइतवार - १०:३१:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij