Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

प्रचण्डलाई कोभिड भएपछि ओलीलाई भेट्न देउवा पुगे उनकै निवास बालकोट

प्रचण्डलाई कोभिड भएपछि ओलीलाई भेट्न देउवा पुगे उनकै निवास बालकोट


  • 6.0K
    Shares

    प्रचण्डलाई कोभिड भएपछि ओलीलाई भेट्न देउवा पुगे उनकै निवास बालकोट
    images

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आज भेटवार्ता भएको छ । प्रमुख प्रतिपक्ष दलका नेता ओलीसँग उनकै निवास बालकोट पुगेर प्रधानमन्त्री देउवाले भेटवार्ता गरेका हुन् । 

    भेटमा संसद अवरोध, एमसीसीलगायत विषयमा छलफल भएको छ । देउवाले संसद अवरोध हटाउन र एमसीसी संसदबाट अनुमोदनका लागि सहयोग गर्न आग्रह गरेको बताइएको छ ।

    ओलीलाई भेट्न देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)सँगै बालकोट जाने तय भए पनि दाहाललाई कोभिड संक्रमण भएपछि देउवा एक्लै गएका हुन् । 

    नेकपा एमालेले भदौ २३ गतेदेखि लगातार संसद अवरोध गर्दै आएको छ । आफ्ना १४ सांसदलाई निष्कासनको कारबाही गरेर संसदलाई जानकारी गराउँदा सभामुख अग्निप्रसाद सापकोटाले त्यसलाई मान्यता नदिएको भन्दै एमालेले २३ भदौदेखि लगातार संसद अवरोध गर्दै आएको छ । 

    सभामुखले कारबाहीलाई मान्यता नदिएर दल विभाजन गर्न सहयोग गरेको भन्दै एमालेले लगातार संसद अवरोध गर्दै आएको छ । तर, एमालेको विरोधका बाबजुद सभामुख सापकोटाले संसद बैठक सञ्चालन गरिरहेका छन् ।

    एमालेले कारबाही गरेका माधवकुमार नेपालसहितका १४ सांसदले नेकपा एकीकृत समाजवादी गठन गरेका छन् । 
     

    प्रकाशित मिति :पौष २४ २०७८ शनिवार - १२:१८:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij