पोखरा । गण्डकी विश्वविद्यालयले स्नातक तहको चार वर्षे व्याच्लर्स इन स्पोर्ट म्यानेजमेन्ट र बिआईटीमा नयाँ भर्नाका लागि आवेदन दिने म्याद थप गरेको छ । शैक्षिक सत्र २०७८/०७९ को स्नातक तहमा विद्यार्थी भर्नाका लागि प्रवेश परीक्षाको आवेदन दिने समय थप गरेको हो ।
यस अघिको प्रकाशित सूचनाम आवेदन दिने समय पुस २३ गतेसम्म राखिएकोमा यसलाई थप गरी आवेदन दिने अन्तिम मिति माघ १४ गतेसम्म कायम गरिएको गण्डकी विश्वविद्यालयका डीन (विद्यार्थी भर्ना समिति) कपिल अधिकारीले बताए ।
आवेदन फाराम विश्वविद्यालयको केन्द्रिय कार्यालय मुस्ताङ्चोक पोखरा तथा विश्वविद्यालयको वेबसाइट www.gandakiuniversity.edu.np बाट समेत प्राप्त गर्न सकिने जनाएको छ ।
