Logo

२०८२ मंसिर ७ गते आइतवार

२०८२ मंसिर ७ गते आइतवार

शिक्षक र विद्यार्थीमा कोरोना सङक्रमण देखिएपछि तुलसीपुरका विद्यालय बन्द

शिक्षक र विद्यार्थीमा कोरोना सङक्रमण देखिएपछि तुलसीपुरका विद्यालय बन्द


  • 3.1K
    Shares

    शिक्षक र विद्यार्थीमा कोरोना सङक्रमण देखिएपछि तुलसीपुरका विद्यालय बन्द
    images

    दाङ । तुलसीपुर उपमहानगरपालिकाले आइतबारदेखि विद्यालय बन्द गर्ने निर्णय गरेको छ । उपमहानगरपालिकाभित्रका केही संख्यामा शिक्षक र विद्यार्थीमा कोरोना संक्रामण देखिएपछि विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

    शुक्रबार तुलसीपुर उपमहानगरपालिकाको बसेको आकस्मिक बैठकले यही पुस २५ गते आइतबारदेखि माघ ३ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको जनाएको छ ।

    शिक्षा समितिका संयोजक कुमार लामिछानेको अध्यक्षतामा बसेको बैठकमा वतावरण तथा विपत् व्यवस्थापन समितिका संयोजक नवराज लामिछाने, शिक्षा समितिका सदस्य श्याम डाँगी, विपत् व्यवस्थापन शाखा प्रमुख टोपबहादुर डाँगी, विभिन्न सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधिको सहभागिता रहेको थियो ।

    कोरोनाको सङ्क्रमण बढेपछि बुधबारदेखि नै अश्वारा मावि, गुरु जजुर मावि रक्षाचौर र सेन्टर स्कूल मावि तुलसीपुर बन्द भइसकेका छन् । तुलसीपुर क्षेत्रमा सामुदायिक ८३ र निजी विद्यालय ६८ वटा छन् । त्यस्तै तुलसीपुरमा बिहिबारसम्म ८४ जनामा कोरोना पुष्टि भएको छ ।

    प्रकाशित मिति :पौष २४ २०७८ शनिवार - १२:०४:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij