Logo

२०८२ मंसिर ७ गते आइतवार

२०८२ मंसिर ७ गते आइतवार

लकडाउनको त्रासले गाउँ फर्कनेको भीड, रातभर सडकमा घुइँचो

लकडाउनको त्रासले गाउँ फर्कनेको भीड, रातभर सडकमा घुइँचो


  • 5.1K
    Shares

    लकडाउनको त्रासले गाउँ फर्कनेको भीड, रातभर सडकमा घुइँचो
    images

    भारत । भारतमा २ साता नपुग्दै दैनिक कोरोना संक्रमण पुष्टि हुनेको संख्या ६ हजारबाट १ लाख पुगिसकेको छ । संक्रमणको जोखिमलाई रोक्न भारतका विभिन्न शहरमा प्रतिबन्धको घोषणा गरिएको छ।

    लकडाउन हुने त्रासले मुख्य शहरबाट गाउँ फर्कनेको घुइँचो लागेको छ । भारतको धेरै जनघनत्व भएको शहर मध्येको एक मुम्बईबाट गाउँ फर्किनका लागि रेलको टिकट अभाव भएको छ । रेलको टिकट नपाएपछि  मजदुरहरु रातभर रेल स्टेशन आसपासमा बस्न बाध्य भए। धेरैजसो बिहार, उत्तर प्रदेश लगायतका मजदुरहरु थिए । मुम्बईको लोकमान्य तिलक रेलवे स्टेशनमा धेरै घुइँचो भएपछि प्रहरीले प्रवेश दिएन । भीड नियन्त्रण गर्न प्रहरीले लाठीचार्ज समेत गरेको थियो। 

    तत्काल लकडाउन भएमा घर फर्कन नपाउने र खान बस्नको समस्या हुने त्रास मजदुरहरुमा थियो। उनीहरु रातभर सडकमै सुतेका देखिन्थे। भारतमा पहिलो पटक लकडाउन हुँदा मजदुरहरु महिनौ हिँडेर गाउँ फर्किएका थिए । फेरि त्यस्तै अवस्था आउने त्रास मजदुरहरुमा देखिएको छ। 

    नेपाली मजदुरहरु समेत भारतका विभिन्न ठाउँबाट हिँडेरै नेपाल फर्किएका थिए। भास्कर डटकमबाट

     

    प्रकाशित मिति :पौष २३ २०७८ शुक्रवार - १५:४७:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij