२०८२ मंसिर १३ गते शनिवार
ग्रामिण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रमु्ख कार्यकारी अधिकृत (सिइओ) पदपूर्ति गर्नको लागि आवेदन खुल्ला गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै संस्थामा रिक्त रहेको सिईओ पदमा खुला प्रतियोगिताद्धारा पदपूर्ति गर्ने जनाएको हो ।
कम्पनीको सिइओ पदका लागि न्यूनतम स्नकोत्तर तह उत्तीर्ण भएको हुनुपर्ने कम्पनीले जनाएको छ । मासिक तलब १ लाख २० हजार रहेको छ ।
योग्यता पुगेका इच्छुक ब्यक्तिले ३ हजार रुपैयाँ दरखास्त दस्तुर तिरेर आवश्यक कागजातसहित २१ दिनभित्र कम्पनीको प्रधान कार्यालय बुटवलमा आवेदन दिन सक्नेछन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij